नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,२३ श्रावण ।
धादिङ अस्पतालमा अर्थोपेडिक सर्जरी सेवा सुरु भएको छ । जिल्ला सदरमुकाम धादिङबेशीमा रहेको जिल्ला अस्पताल धादिङमा अर्थोपेडिक सर्जरी सेवा सुरु भएको अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।
शुक्रबार अर्थोपेडिक सेवामार्फत अर्थोपेडिक सर्जन डा.दिब्य पुरुष ढकाल र सर्जरीमा संलग्न लेख बहादुर श्रेष्ठ,नर्सिङ अधिकृत मनकुमारी श्रेष्ठ र का.स.अन्त नारायण श्रेष्ठले नीलकण्ठ नगरपालिका वडा नम्बर २ का एक बालकको कान्छी औंलाको शल्यक्रिया गरी उपचार सुरु गरेको विकले बताउनुभयो ।
अस्पतालमा हाडजोर्नी तथा नसासम्बन्धी समस्याहरु(हड्डी खिइएका, नसा च्यापिएका, घाँटीको हड्डी खिइएका, हड्डी कमजोर भएका)को उपचार सेवालाई बिस्तार गर्ने क्रममा बागमती प्रदेश सरकारसँग सहकार्य गरेर अर्थोपेडिक सेवा सुरु गरेको हो। अस्पतालले अर्थोपेडिक सेवालाई निरन्तरता दिने विकको भनाई छ ।
नागरिकले सरकारी मापदण्ड अनुसार न्यूनतम शुल्क तिरेर सेवा लिन सकिने र दिउसो ३ बजे पछाडीको समयमा सेवा लिन आउने नागरिकहरुले थप शुल्क तिरेर विशेषज्ञ सेवा लिन सकिने विकले बताउनुभयो । यससगैँ धादिङ अस्पतालमा जनरल, बाल रोग र अर्थोपेडिक गरी ३ जना विशेषज्ञ डाक्टरहरु रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |