धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
धादिङ,१२ असार
वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जका लागि क्षमता विकास तालिम शुक्रबारदेखी नीलकण्ठ नगरपालिकामा सुरु भएको छ । कर्मचारीहरुको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यले कार्यालय तथा सूचना व्यवस्थापन र नागरिक वडापत्र अद्यावधिक सम्बन्धी कर्मचारी क्षमता विकास तालिम सन्चालन गरीएको हो ।कार्यपालिका सदस्य तथा क्षमता विकास समितिका संयोजक शान्ता थापा को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा कार्यबाहक मेयर दिपक विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराई, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजाल को आतिथ्यता रहेको थियो।नगरपालिकाले स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि, कार्यालय व्यवस्थापनलाई व्यवस्थित बनाउने, सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा नागरिक वडापत्रलाई समयानुकूल अद्यावधिक गर्दै सेवाग्राहीमैत्री प्रशासनको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरेको हो ।

तालिमको पहिलो दिन सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले सूचनाको हक सम्बन्धी कानुनी व्यवस्था, सार्वजनिक निकायको सूचना प्रवाहको दायित्व तथा वडा सचिवहरूले निर्वाह गर्नुपर्ने भूमिका, जिम्मेवारी र कर्तव्यका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले स्व–व्यवस्थापन, नेतृत्व विकास तथा सकारात्मक सोच सम्बन्धी विषयमा सहजीकरण गर्दै कर्मचारीको व्यक्तिगत क्षमता विकास, समय व्यवस्थापन, कार्यप्रतिको उत्तरदायित्व र सकारात्मक कार्यसंस्कृतिको विकासले सार्वजनिक सेवा प्रवाह अझ प्रभावकारी बन्ने धारणा व्यक्त गर्नुभयो।

यस्तै प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले कार्यालय व्यवस्थापन, गुनासो सम्बोधन, जनप्रतिनिधिसँगको समन्वय तथा सेवाग्राहीसँग सकारात्मक व्यवहार सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले कार्यालयको प्रभावकारी व्यवस्थापन, सेवाग्राहीमैत्री व्यवहार तथा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ सुदृढ हुने बताउनुभयो।तालिममा वडा सचिव तथा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्था इन्चार्जहरूको सहभागिता रहेको छ। नगरपालिकाबाट प्रवाह हुने सेवा थप प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउन तालिमले महत्वपूर्ण योगदान पु¥याउनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |