कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी
धादिङबेशी । धादिङ जिल्ला अदालतले दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट गरी त्यस्ता मुद्दाको संख्या शून्यमा झारेको छ । आर्थिक वर्ष २०८२/८३ मा अदालतले कुल एक हजार ५५८ मुद्दामध्ये एक हजार ८५ मुद्दा फछ्र्योट गरेको हो ।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका दुई वर्ष नाघेका २४ थान मुद्दा गत आर्थिक वर्षमा फैसला गरिएसँगै पुराना मुद्दाको संख्या शून्यमा झरेको जिल्ला अदालतका स्रेस्तेदार राजेन्द्र लुइँटेलले जानकारी दिनुभयो ।
जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा एक हजार २३३ नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३२५ मुद्दासहित अदालतमा कुल एक हजार ५५८ मुद्दा कायम भएका थिए । दुई न्यायाधीश कार्यरत अदालतले तीमध्ये एक हजार ८५ मुद्दा अर्थात् ६९ दशमलव ६४ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदालतको वार्षिक तथ्याङ्कअनुसार देवानी तथा फौजदारी प्रकृतिका मुद्दा सबैभन्दा बढी दर्ता तथा फछ्र्योट भएका छन् । त्यसैगरी पुनरावेदन र रिटसम्बन्धी मुद्दाको पनि सुनुवाइ तथा किनारा लगाइएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा धादिङ जिल्ला अदालतमा ४७३ मुद्दा फछ्र्योट हुन बाँकी छन् । नयाँ दर्ता भएका मुद्दाको तुलनामा फछ्र्योट भएका मुद्दाको संख्या कम रहे पनि दुई वर्ष नाघेका सबै मुद्दा टुङ्ग्याउन सफल भएको अदालतले जनाएको छ । स्रेस्तेदार लुइँटेलका अनुसार बाँकी मुद्दाको समयमै सुनुवाइ तथा फछ्र्योट गर्न अदालतले आगामी आर्थिक वर्षका लागि महत्वकांक्षी कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरेको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।