कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को दुई महिने राष्ट्रिय जागरण अभियान आज शनिबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी यस अभियानको औपचारिक उद्घाटन गरिएको हो । सो समारोहमा बिभिन्न पार्टी छोडी नेकपामा प्रवेश गर्ने महानुभावहरुलाई नेकपाका संयोजक पुष्प कमल दाहाल (प्रचण्ड) र पार्टिका सह-संयोजक माधव कुमार नेपालले स्वागत समेत गरेका थिए ।
अभियानका मुख्य विशेषता तथा कार्यक्रमहरू:
यो अभियान मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संस्थागत विकास, जनजीविकाका सवालहरू, पार्टी समायोजन, सङ्गठित सदस्यता नवीकरण तथा सङ्गठन सुदृढीकरण गर्ने यस अभियानको मुख्य लक्ष्य हो।
अभियान अन्तर्गत सञ्चालन हुने प्रमुख गतिविधिहरू:
सङ्गठन सुदृढीकरण: पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको समायोजनका बाँकी कामहरू सम्पन्न गर्ने तथा सदस्यता नवीकरण र विस्तार तीव्र पार्ने।
जनतासँग सम्बन्ध: पार्टीका बैठक, भेला, प्रशिक्षण, सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरूसँगै जनताकेन्द्रित गतिविधि सञ्चालन गर्ने।
जनजीविका र सेवा: जनताका माग तथा दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने। साथै, श्रम तथा जनसेवाका कार्यक्रम र विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको काममा सहयोग पुर्याउने।
ज्ञापनपत्र तथा ध्यानाकर्षण: महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा लगायतका जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने। यस अन्तर्गत केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष मागपत्र तथा ज्ञापनपत्र पेस गरिनेछ।
नेकपाको केन्द्रीय संयोजन समिति बैठकले यस जागरण अभियानसँगै आगामी स्थानीय तहको निर्वाचन अगाडि वडा र पालिका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय समेत गरेको छ।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।