कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
रसुवा, ९ कात्तिकः नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीका कारण नागरिकतालगायत महत्वपूर्ण काजगात नष्ट भएका बाढी प्रभावितको राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक काममा ढिलाइ नहोस् भनी अस्थायी बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको हो ।
यसै सन्दर्भमा नुवाकोटस्थित पिपलटार होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका उत्तरगया–१ का २०२ जना बाढी प्रभावितले नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन फाराम सङ्कलन गरी यही आइतबार सदरमुकाम धुन्चे ल्याएको प्रजिअ पाण्डेले बताउनुभयो ।
स्थलगत रुपमा सङ्कलन गरिएका आवेदन फारामको अध्ययन तथा प्रमाणीकरण गरी निकालिने प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट पार्नुभयो ।
जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गाउँपालिका प्रमु्ख माधव अर्यालले जानकारी दिनुभयो । प्रमुख अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमशः उपलब्ध गराउँदै लगिनेछ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।