Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

४३४३ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (४ घण्टा अघि)
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

धादिङ, १२ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विषय विज्ञतर्फ डा। प्रताप छत्कुलीले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुभएको छ।सुशासन तथा विकास विज्ञका रूपमा लामो समयदेखि कार्यरत डा.छत्कुलीले विकास, सार्वजनिक नीति तथा सुशासनका क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणसँग जोड्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको बताउनुभएको छ।

नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहनुभएका छत्कुलीले पार्टीको संगठनात्मक गतिविधिसँगै विकास र सुशासनका विषयमा समेत काम गर्दै आउनुभएको छ। उहाँले जापानमा पाँच वर्ष काम गरेको अनुभवसमेत हासिल गर्नुभएको छ।नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सरकारी निकायसँग सुशासन र विकासका विषयमा विज्ञका रूपमा सहजीकरण गर्दै आउनुभएका छत्कुलीले सार्वजनिक प्रशासन, नीति कार्यान्वयन, विकास व्यवस्थापन तथा सुशासनका क्षेत्रमा काम गर्नुभएको छ।

कांग्रेसको १५औँ महाधिवेशन पार्टीको नियमित नेतृत्व चयनको प्रक्रियामात्र नभई बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिवेशअनुसार पार्टीको नीति तथा कार्यदिशामाथि बहस गर्ने अवसरसमेत भएकाले विषय विज्ञहरूको सहभागिता महत्वपूर्ण हुने उहाँको धारणा छ।कांग्रेसले अहिलेको बदलिँदो परिस्थितिमा आफूलाई थप नीति तथा विचारमुखी पार्टीका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। राजनीतिक नेतृत्वसँगै विभिन्न पेशा, क्षेत्र र विषयमा अनुभव हासिल गरेका विज्ञहरूको ज्ञान तथा विज्ञतालाई पार्टीको नीति निर्माणमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उहाँको भनाइ छ।

विशेषगरी सुशासन, विकास, सार्वजनिक सेवा प्रवाह, आर्थिक विकास, नीति कार्यान्वयन र संस्थागत सुधार जस्ता विषयलाई पार्टीको राजनीतिक एजेन्डासँग जोड्नुपर्ने आवश्यकता रहेको छत्कुली बताउनुहुन्छ।उहाँले पार्टीभित्र नीतिगत बहसलाई बलियो बनाउने, जनताका विकाससम्बन्धी अपेक्षालाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने तथा सरकार सञ्चालनमा सुशासन र जवाफदेहितालाई प्राथमिकता दिने विषयलाई आफूले महत्त्वका साथ उठाउने बताउनुभएको छ।

पछिल्लो समय राजनीतिक दलहरूप्रति नागरिकका अपेक्षा परिवर्तन हुँदै गएको सन्दर्भमा कांग्रेसले पनि संगठनसँगै नीति र कार्यक्रमलाई थप जनमुखी बनाउनुपर्ने उहाँको धारणा छ। युवा पुस्तालाई पार्टीको नीति निर्माण र नेतृत्व प्रक्रियामा जोड्दै उनीहरूको ज्ञान, सीप र नवीन सोचलाई उपयोग गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ।डा.छत्कुलीको उम्मेदवारीलाई कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत तथा विषय विज्ञ समूहको प्रतिनिधित्वका दृष्टिले चासोका साथ हेरिएको छ। विकास र सुशासनको क्षेत्रमा काम गरेको अनुभवलाई पार्टीको आन्तरिक नीति निर्माण तथा संगठनात्मक भूमिकासँग जोड्ने उहाँको प्रयासलाई महाधिवेशनको बहससँग जोडेर हेरिएको छ।

कांग्रेसको विधानअनुसार श्रमिक, पेशागत क्षेत्र वा विषय विज्ञबाट समेत महाधिवेशन प्रतिनिधित्वको व्यवस्था रहेको छ।यही व्यवस्थाअन्तर्गत पेशागत विषय विज्ञका रूपमा उम्मेदवारी दिनुभएका डा। छत्कुलीले आफ्नो विज्ञता र अनुभवलाई पार्टीको नीति, संगठन र सार्वजनिक सरोकारका विषयमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

    नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

  • कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

    कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

  • धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

    धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आदिवासी जनजाति महिला कोटामा सीतामाया चोदेन (गुरुङ)को उम्मेदवारी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आदिवासी जनजाति महिला कोटामा सीतामाया चोदेन (गुरुङ)को उम्मेदवारी

  • समाचार
    नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

    नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

    कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

    कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

    धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

    धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

    कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

    कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0