ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
धादिङ,१७ भदौ
भदौ १० गते गएको बाढी तथा विपद्बाट प्रभावित नुवाकोटका नागरिकलाई वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ नगरपालिका कर्मचारी परिवार तथा धादिङका ब्याडमिन्टन खेलाडीहरूको सहयोगमा राहत वितरण गरिएको छ।नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ नगरपालिका कर्मचारी परिवार एवं धादिङका ब्याडमिन्टन खेलाडीहरूको संयुक्त सहयोगमा संकलन गरिएको राहत सामग्री बाढी प्रभावित क्षेत्रमै पुगेर वितरण गरिएको हो।

बाढीका कारण घरबार तथा परिवारको आश्रय गुमाएका प्रभावित नागरिकलाई लत्ताकपडा तथा सरसफाइका आवश्यक सामग्री वितरण गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभयो।नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत कँडेलसहितको टोली प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको हो।
राहत वितरणका क्रममा विशेषगरी महिला तथा बालबालिकाको आवश्यकतालाई प्राथमिकतामा राखिएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो। उहाँले विपद्का कारण समस्यामा परेका नागरिकलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।बाढी तथा विपद्ले प्रभावित नागरिकको जनजीवन सामान्य अवस्थामा फर्काउन विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |