Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

१८७३ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १२, सोमबार (४ घण्टा अघि)
धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

धादिङ, १२ असोज 
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नं. २ बाट मेघनाथ रिजालले महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी दिनुभएको छ।नेपाल शिक्षक संघ नुवाकोटसँग जोडिँदै लामो समयदेखि शिक्षा, सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रिजाल हाल नेत्रावती डबजोङ गाउँपालिकाका निर्वाचित अध्यक्ष हुनुहुन्छ। शिक्षा क्षेत्रको अनुभव, स्थानीय तहको नेतृत्व तथा नेपाली कांग्रेसको संगठनमा लामो समयदेखि निर्वाह गर्दै आएको भूमिकालाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै उहाँ महाधिवेशन प्रतिनिधिका रूपमा अपांग कोटाबाट उम्मेदवारी दिनुभएको हो ।

रिजालले कांग्रेसको १५औँ महाधिवेशनलाई पार्टीको सांगठनिक पुनर्संरचना, आन्तरिक एकता र संगठनलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिनुभएको बताउनुभएको छ। बदलिँदो राजनीतिक परिवेशअनुसार कांग्रेसलाई थप व्यवस्थित, जनमुखी र प्रभावकारी संगठनका रूपमा अघि बढाउनुपर्ने उहाँको धारणा छ।स्थानीय तहको नेतृत्व गरिसकेको अनुभवलाई पार्टी संगठनसँग जोड्दै उहाँले गाउँदेखि केन्द्रसम्म पार्टीको संगठनात्मक संरचनालाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ। पार्टीका नेता तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष जोडिने संगठन निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।
विशेषगरी युवा पुस्तालाई नेपाली कांग्रेसको मूलधारमा थप सक्रिय रूपमा जोड्नुपर्ने विषयलाई रिजालले आफ्नो प्राथमिकतामा राख्नुभएको छ। पछिल्लो समय युवापुस्तामा राजनीतिक दलप्रति देखिएको निराशा र वितृष्णालाई सम्बोधन गर्न पार्टीभित्र युवाका विचार, आवश्यकता र नेतृत्व क्षमतालाई स्थान दिनुपर्ने उहाँको धारणा छ।युवालाई केवल पार्टीका गतिविधिमा सहभागी गराउनेभन्दा पनि निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँ बताउनुहुन्छ। नयाँ पुस्ताको ऊर्जा, प्रविधिसँगको पहुँच र सिर्जनशीलतालाई पार्टी संगठनसँग जोड्न सके कांग्रेसलाई थप गतिशील बनाउन सकिने उहाँको विश्वास छ।

त्यस्तै, कांग्रेसप्रति आम नागरिक तथा नयाँ पुस्ताको आकर्षण बढाउन पार्टीले आफ्नो कार्यशैलीमा समेत परिवर्तन गर्नुपर्ने रिजालको भनाइ छ। जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा सुधार गर्न सके मात्रै पार्टीप्रतिको विश्वास थप बलियो हुने उहाँको धारणा छ।शिक्षा क्षेत्रमा लामो समय काम गरेको अनुभव र स्थानीय सरकारको नेतृत्वबाट प्राप्त व्यवहारिक अनुभवलाई पार्टी संगठन निर्माणमा उपयोग गर्ने उहाँले बताउनुभएको छ। स्थानीय तहमा देखिएका समस्या, नागरिकका अपेक्षा तथा विकासका सवाललाई पार्टीको नीति निर्माण तहसम्म पु¥याउन आफूले भूमिका खेल्ने उहाँको प्रतिबद्धता छ।
कांग्रेसको महाधिवेशनलाई नेतृत्व चयन गर्ने नियमित प्रक्रिया मात्र नभई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने उहाँको भनाइ छ। पार्टीभित्र विचार, बहस र लोकतान्त्रिक अभ्यासलाई थप संस्थागत गर्दै संगठनलाई जनतामाझ प्रभावकारी रूपमा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
रिजालले पार्टीलाई बलियो बनाउन कार्यकर्ताको मनोबल उच्च बनाउने, संगठनलाई गाउँ तहसम्म थप सक्रिय बनाउने तथा युवालगायत सबै पुस्तालाई समेटेर अघि बढ्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ।

धादिङ क्षेत्र नं. २ मा स्थानीय तहको नेतृत्वदेखि शिक्षा र सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाएका रिजालको उम्मेदवारीलाई कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनको सन्दर्भमा चासोका साथ हेरिएको छ। उहाँले आफू निर्वाचित भए पार्टी संगठन सुदृढीकरण, युवा सहभागिता विस्तार र जनतासँग कांग्रेसको सम्बन्ध थप मजबुत बनाउने विषयलाई प्राथमिकताका साथ उठाउने बताउनुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

    नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

  • कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

    कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

  • कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

    कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आदिवासी जनजाति महिला कोटामा सीतामाया चोदेन (गुरुङ)को उम्मेदवारी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आदिवासी जनजाति महिला कोटामा सीतामाया चोदेन (गुरुङ)को उम्मेदवारी

  • समाचार
    नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

    नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता

    कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

    कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी

    धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

    धादिङ क्षेत्र नं.२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मेघनाथ रिजालको उम्मेदवारी

    कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

    कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0