वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ, १२ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङबाट महिला नेतृ सीतामाया चोदेन गुरुङले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले आदिवासी जनजाति महिला कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुभएको छ । नेत्रावती डबजोङ गाउँपालिकाकी निर्वाचित उपाध्यक्षसमेत रहनुभएकी गुरुङ स्थानीय सरकारको नेतृत्वसँगै पार्टी संगठनमा सक्रिय महिला नेतृका रूपमा परिचित हुनुहुन्छ।
गुरुङ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नेत्रावती डबजोङ गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो। निर्वाचनमा उहाँले २ हजार ७ सय ८६ मत प्राप्त गर्नुभएको थियो।स्थानीय तहको जिम्मेवारीसँगै गुरुङले गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्यका रूपमा समेत काम गरिसक्नुभएको छ। महासंघको तेस्रो अधिवेशनबाट उहाँ केन्द्रीय सदस्यमा चयन हुनुभएको थियो ।
महिला र आदिवासी जनजातिको प्रतिनिधित्वलाई प्राथमिकता कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न समावेशी समूहबाट नेतृत्वमा प्रतिनिधित्वका लागि उम्मेदवारी प्रस्तुत भइरहेका बेला गुरुङले आदिवासी जनजाति महिला कोटाबाट उम्मेद्वारी दिनुभएको हो । महिला तथा आदिवासी जनजाति समुदायको राजनीतिक सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याउँदै गुरुङले पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
उहाँले महिला तथा आदिवासी जनजातिका सवाललाई पार्टीको माथिल्लो तहसम्म प्रभावकारी रूपमा उठाउने, उनीहरूको हक–अधिकार र अवसरका विषयमा आवाज बुलन्द गर्ने तथा महिलाको राजनीतिक नेतृत्व विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।गुरुङको उम्मेदवारीमा स्थानीय सरकार सञ्चालनको अनुभव, गाउँपालिका राष्ट्रिय महासंघमा निर्वाह गरेको भूमिका र पार्टी संगठनमा लामो समयदेखि गर्दै आएको सक्रियतालाई मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ।
महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई जिम्मेवारी प्राप्त भए नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने गुरुङको प्रतिबद्धता छ।उहाँले पार्टी संगठनलाई जनतासँग थप जोड्ने, महिला तथा युवा कार्यकर्ताको सहभागिता बढाउने र आगामी निर्वाचनमा पार्टी संगठनलाई प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभएको छ।स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दा प्राप्त अनुभवलाई पार्टीको संगठन निर्माण र नीति निर्माणमा उपयोग गर्ने उहाँको भनाइ छ। स्थानीय सरकारका समस्या, महिला तथा सीमान्तकृत समुदायका सवाल र नागरिकका अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रमसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |