वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,४ साउन
लगातारको वर्षापछि धादिङको नीलकण्ठ नगरपालिका–२ भुलभुले क्षेत्रमा गएको पहिरोले चार परिवार विस्थापित भएका छन्। पहिरोका कारण धादिङबेसीमा खानेपानी ल्याइने मुख्य पाइपलाइन फुट्दा करिब २ हजार ५ सय घरधुरीमा खानेपानी वितरण पूर्ण रूपमा अवरुद्ध हुने भएको छ। खानेपानीको पाईप नै पहिरोले बगाएपछि बजार क्षेत्रमा खानेपानीको समस्या हुने भएको हो।

स्थानीयका अनुसार पँधेरो खोल्चा डाँडा क्षेत्रमा डाँडा नै चिरिएर बग्न थालेपछि बस्ती उच्च जोखिममा परेको हो। पहिरोले दिलबहादुर गुरुङको घर पूर्ण रूपमा पहिरोभित्र परिसकेको छ भने गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङका घरसमेत चर्किएर बस्नै नहुने भएको छ।
पहिरोका कारण गाउँको करिब २ सय रोपनी खेतीयोग्य जमिन समेत पहिरोमा परेको छ । धादिङबेसीमा खानेपानी आपूर्ति गर्ने मुख्य पाइपलाइन पँधेरो धाराको डाँडामा फुटेपछि सदरमुकामका करिब २ हजार ५ सय घरधुरी खानेपानीबाट वञ्चित भएका छन्।
पहिरोले प्रदेश सरकार र नीलकण्ठ नगरपालिकाको साझेदारीमा निर्माण गरिएको करिब ६ सय घनमिटर

क्षमताको तारजाली संरचना पनि बगाएको छ। उक्त संरचनामा प्रदेश सरकारबाट करिब ६५ लाख रुपैयाँ लगानी गरिएको थियो।
स्थानीय भरतबहादुर गुरुङका अनुसार भुलभुले गाउँको माथिल्लो भाग मात्र होइन, नेवार खोल्चा क्षेत्रबाट पनि पहिरो खसिरहेको छ। दुई गाउँको बीचमा रहेको बस्तीका थप घरहरू समेत जोखिममा परेकाले तत्काल संरक्षणको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
पहिरो प्रभावित क्षेत्रकानीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना, उपप्रमुख दीपक विक जिल्ला प्रहरी कार्यालय धादिङ तथा नीलकण्ठ खानेपानी तथा स्वच्छता व्यवस्थापन बोर्डका अध्यक्ष शिव अधिकारीलगायतको टोलीले स्थलगत अवलोकन गरेको छ।
नगर प्रमुख भीम प्रसाद ढुंगानाले तत्काल नागरिकहरुको जीउ धनको रक्षा गर्न र खानेपानी वितरणलाई सहज बनाउन नगरपालिकाले काम गर्ने बताउनुभयो । प्रदेश तथा संघ सरकारसँग समन्वय तथा दातृ निकायसँग सहकार्य गरेर काम गर्ने समेत स्पष्ट पार्नुभयो ।अनुगमनपछि जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले जोखिममा रहेको बस्ती संरक्षण, खानेपानी सेवा पुनः सञ्चालन तथा दीर्घकालीन पहिरो नियन्त्रणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।स्थानीयवासीले भने वर्षा निरन्तर भइरहेकाले पहिरो थप फैलिन सक्ने भन्दै तत्काल राहत, सुरक्षित स्थानमा स्थानान्तरण तथा स्थायी संरक्षणका उपाय अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।