समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा शोभा श्रेष्ठ र कोषाध्यक्षमा दीपमाया श्रेष्ठ निर्वाचित हुनुभएको छ। सदस्यहरूमा सविता सिटौला, उमा तिमल्सिना, भीममाया गिदेल, विन्दा गुरुङ र इन्दिरा अधिकारी निर्वाचित हुनुभएको छ। यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा दीपा लम्साल तथा सदस्यहरूमा कोपिला दाहाल र यममाया गुरुङ निर्वाचित हुनुभएको छ।
साधारणसभाले संस्थाका सचिव शशी अर्यालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रीता पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। सभाका अवसरमा बचत तथा ऋणको उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य नवराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष तुलसीप्रसाद अधिकारीलगायतको आतिथ्यता रहेको थियो।

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन



