धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
नेत्रावती डबजोङमा विद्यार्थीको रक्तसमूह पहिचान कार्यक्रम सुरु
धादिङ, १३ मङ्सिर : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका चेपाङलगायत समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बेनीघाट रोराङ गाउँपालिकाले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभएको छ ।
बेनीघाट रोराङ गाउँपालिकाको शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा आज सम्बोधन गर्दै उहाँले गरिबी, भौगोलिक विकटता र सामाजिक विभेदका कारण गुणस्तरीय शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्याउनु, टिकाउनु र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु साझा जिम्मेवारी भएको बताउनुभयो ।
गाउँपालिकाले शिक्षाका लागि भिक्षा महायज्ञ आयोजना गरी करिब रु छ करोड संकलन गरेर विपन्न, चेपाङ, असहाय तथा अभिभावकविहीन बालबालिकाको शिक्षाका लागि शैक्षिक उत्थान कोष स्थापना गरेको काम अत्यन्त प्रशंसनीय रहेको अध्यक्ष दाहालले बताउनुभयो ।
शिक्षामा आर्थिक अभाव बाधक बन्नु हुँदैन भन्ने मान्यतालाई गाउँपालिकाले व्यवहारमा उतार्ने प्रयास गरेको उहाँको भनाइ थियो ।
एकीकृत आवासीय विद्यालयको अवधारणामार्फत करिब एक हजार चेपाङलगायत बालबालिकालाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्ने प्रयास सामाजिक न्याय र शैक्षिक समानताको महत्त्वपूर्ण उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो ।
सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन आवासीय विद्यालयजस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने अध्यक्ष दाहालले बताउनुभयो ।
उहाँले शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्न उनीहरूको परिवारको जीविकोपार्जनमा समेत सहयोग पुर्याउन आवश्यक रहेको बताउँदै गरिबी र अभावको चक्र नतोडेसम्म शिक्षामा समान अवसर सुनिश्चित गर्न कठिन हुने धारणा व्यक्त गर्नुभयो ।
गाउँपालिकाले टोल–टोलमा रात्रीकालीन अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्दै घरघरमा शैक्षिक समीक्षा गर्ने अभ्यास पनि सकारात्मक रहेको उहाँले बताउनुभयो ।
बालबालिकाको शिक्षामा विद्यालयको मात्र नभई परिवार र समुदायको पनि उत्तिकै भूमिका हुने उल्लेख गर्दै अध्यक्ष दाहालले शिक्षक, अभिभावक र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य हुन सके शिक्षामा अपेक्षित सुधार सम्भव हुने बताउनुभयो ।
शिक्षा प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई असल, जिम्मेवार, आत्मनिर्भर र सक्षम नागरिक बनाउने प्रक्रिया भएको उहाँले बताउनुभयो ।
गरिबी, भूगोल, जातीयता, लैङ्गिक अवस्था वा पारिवारिक परिस्थितिका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने उल्लेख गर्दै अध्यक्ष दाहालले समान अवसरसहित गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।