धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
नेत्रावती डबजोङमा विद्यार्थीको रक्तसमूह पहिचान कार्यक्रम सुरु
धादिङबेशी,१३ मंसिर । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका आठ सामुदायिक विद्यालयका ७५० विद्यार्थीले आफ्नै विद्यालयमा रक्तसमूह पहिचान गराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यार्थीलाई लक्षित गरी मंसिर ७ गतेदेखि सञ्चालन गरेको कार्यक्रम मंसिर ११ गते सम्पन्न भएको हो ।
कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेटेर पाँच माध्यमिक र तीन आधारभूत गरी जम्मा आठ विद्यालयमा रक्तसमूह परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख मधु धमला क्षेत्रीले जानकारी दिएका छन् ।
विद्यालयमै रक्तसमूह पहिचान गर्न पाएकामा विद्यार्थीहरूले गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन् । ग्रामीण बस्तीका विद्यार्थीले रक्तसमूह परीक्षणका लागि छुट्टै स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यतालाई यस कार्यक्रमले सहज बनाइदिएको छ ।
परीक्षणबाट प्राप्त रक्तसमूहको विवरण विद्यार्थी र अभिभावकले व्यक्तिगत स्वास्थ्य अभिलेखका रूपमा सुरक्षित राख्न पाउनेछन् । स्वास्थ्य शाखा र विद्यालयबीचको समन्वयमा सञ्चालित यस कार्यक्रममा माध्यमिकसँगै आधारभूत तहका विद्यार्थीले समेत सेवा पाएका छन् ।
गाउँपालिकाले विद्यालयलाई नै परीक्षणस्थल बनाई विद्यार्थीको घरदैलोमै स्वास्थ्य सेवा पुर्याएको हो ।

मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।