धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
धादिङ, ६ मङ्सिर : नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले फुर्केखोलामा बेलीब्रिज जडान र स्थायी सडक पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको छ । उहाँले माग सम्बोधन नभए जनप्रतिनिधिसहित दबाबमूलक कार्यक्रममा जाने घोषणा गर्नु भएको छ ।
नीलकण्ठ क्याम्पसको २७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख ढुङ्गानाले स्थानीय तहको पहलमा जडान भइरहेको पोन्टुन पुल अस्थायी विकल्प भएकाले स्थायी पुल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । पानीमाथि तैरिने उक्त पुल नदीको बहाव बढ्नुअघिसम्म मात्र सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।
“सम्भवतः जेठको १०–१५ गतेसम्म मात्रै यो चल्न सक्छ”, उहाँले भन्नुभयो । त्यसपछिको आवागमन सुनिश्चित गर्न अहिलेबाटै अर्को विकल्पको तयारी आवश्यक रहेको उहाँले बताउनुभयो ।
नगरप्रमुख ढुङ्गानाले पोन्टुन पुल सञ्चालनमा आएपछि जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको हस्ताक्षरसहित सङ्घ र प्रदेशका पूर्वाधारमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताउनु भयो । ज्ञापनपत्रमार्फत १५ देखि २० दिनभित्र मलेखुमा बेलीब्रिजका सामग्री ल्याउन र स्थायी पुलका लागि बजेट स्वीकृत गरी निर्माण प्रक्रिया अघि बढाउन समयसीमा दिने उहाँको भनाइ थियो ।
माग सम्बोधन नभए जिल्लाका जनप्रतिनिधि सिंहदरबार पुगेर दबाब दिने तथा राजमार्गमा चरणबद्ध अवरोधसहितका कार्यक्रम अघि बढाउने सोच रहेको उहाँले बताउनुभयो । यस पहलको नेतृत्व लिन उहाँले धादिङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठलाई आग्रह गर्नुभएको छ ।
पोन्टुन पुलका सामग्री खोजी, ढुवानी र जडानमा स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न व्यक्तिको सहयोग रहेको नगरप्रमुख ढुङ्गानाले उल्लेख गर्नुभयो । पुल सञ्चालनमा आएपछि यात्रा सहज हुने भए पनि दीर्घकालीन समाधानका लागि स्थायी पुल आवश्यक रहेको उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा संसदीय सुनुवाइ समितिका सभापतिसमेत रहनुभएका श्रेष्ठले फुर्केखोलामा नयाँ पुल निर्माणका लागि प्रारम्भिक डिजाइनको काम भइरहेको जानकारी दिनुभयो । उहाँले पोन्टुन पुल सञ्चालनका लागि सुरक्षा परीक्षण र सञ्चालनसम्बन्धी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै तीन तहका सरकार तथा राजनीतिक दलबीच सहकार्यमा जोड दिनुभयो ।
गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो । पुल नहुँदा धादिङका आठ स्थानीय तह तथा गोरखाका केही क्षेत्रका नागरिकको आवागमन समस्या भोग्दै आएका छन् ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।