धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी
धादिङ,१२ कार्तिक
जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा वर्षा जारी रहेकाले नदी तथा खोलाको सतह बढ्न सक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।कार्यालयले आज सूचना जारी गर्दै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन र आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेको हो ।प्रशासनले पर्यटकीय उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, नदीमा माछा मार्ने, पौडी खेल्ने तथा दाउरा सङ्कलन गर्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न पनि आग्रह गरेको छ ।
वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र अत्यधिक वर्षा भएको अवस्थामा पृथ्वी राजमार्गलगायत सडकका जोखिमयुक्त खण्डमा आवागमन गर्दा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।यस्तै, धानबाली नकाट्न तथा काटिसकेको धान सुरक्षित स्थानमा राख्न पनि आग्रह गरिएको छ । मौसम विभागबाट जारी हुने पूर्वानुमान तथा पूर्वसूचना र चेतावनीको पालना गर्न प्रशासनले नागरिकलाई अनुरोध गरेको छ ।जिल्ला प्रशासन कार्यालयले विपद्को समयमा आवश्यक सहयोग तथा समन्वयका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरी बलको नम्बर ११११ र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ ।प्रशासनले सम्भावित विपद्बाट सुरक्षित रहन सबै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।