Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १४, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध

२८३५ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार (५ घण्टा अघि)
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध

धादिङबेशी,१४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ मा उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएसँगै विभिन्न तह र समावेशी समूहमा ६२ जना निर्विरोध भएका छन्। नेपाली कांग्रेस निर्वाचन समितिको अन्तिम नामावलीमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा १४, प्रदेश अधिवेशन प्रतिनिधिमा २६ तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा २० जनालाई ‘निर्विरोध’ उल्लेख गरिएको छ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दुई जना

केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ दलित समूहबाट राजन बराइली र समानुपातिक खसआर्य महिलाबाट शोभा छत्कुली दनै निर्विरोध भएका छन्।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा १४ जना निर्विरोध

प्रतिनिधिसभा क्षेत्र नं. २ क्षेत्रीय कार्यसमितिको महिला सहसचिवमा फत्त कुमारी श्रेष्ठ (सुनिता) निर्विरोध भएकी छन्।

त्यस्तै विभिन्न सदस्य पदमा बम लामा तामाङ, होम बहादुर नगरकोटी, गौरव सापकोटा, निशा श्रेष्ठ, पशुपति सिलवाल, नवीन ढुङ्गाना, लिला पाख्रिन, सुनिल बिसुन्के, काजी शाक्य, टेक बहादुर तामाङ, धन बहादुर गुरुङ, सुनिल थापा मगर र दीपेन्द्र इटनी निर्विरोध भएका छन्। यसरी क्षेत्रीय कार्यसमितिमा महिला सहसचिवसहित १४ जना निर्विरोध भएका हुन्।

प्रदेशसभा २ ‘क’ बाट प्रदेश अधिवेशन प्रतिनिधिमा १४ जना निर्विरोध

प्रदेशसभा क्षेत्र नं. २ ‘क’ बाट प्रदेश अधिवेशन प्रतिनिधिको महिलातर्फ भगवती उप्रेती र शान्ता तिमल्सिना लम्साल निर्विरोध भएका छन्।

यसैगरी पेशागत विषयविज्ञमा मोतीराम इटनी, युवा महिलामा भावना तामाङ, श्रमिकमा सुदर्शन रिजाल, प्रजातन्त्र सेनानीतर्फ टंकनाथ अधिकारी, दलितमा मोहन रोक्का, अल्पसंख्यकमा कुमारी घले र समानुपातिक दलितमा ज्योति सुनार निर्विरोध भएका छन्।

समानुपातिक आदिवासी जनजातितर्फ आईतराम गुरुङ, रामबहादुर गुरुङ र शन्त बहादुर गुरुङ तथा समानुपातिक खसआर्यतर्फ रमेश गिरी र लाल प्रसाद ढकाल निर्विरोध भएका छन्। यससँगै प्रदेशसभा २ ‘क’ बाट प्रदेश अधिवेशन प्रतिनिधिमा १४ जना निर्विरोध भएका छन्।

प्रदेशसभा २ ‘ख’ बाट १२ जना निर्विरोध

प्रदेशसभा क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश अधिवेशन प्रतिनिधिको पेशागत विषयविज्ञतर्फ चन्द्र बहादुर थापा र युवा महिलातर्फ तारा तामाङ निर्विरोध भएका छन्।

त्यस्तै अपाङ्गतातर्फ विनोद धरेल, प्रजातन्त्र सेनानी–सहिद परिवार–द्वन्द्व प्रभाविततर्फ सुमन तामाङ, दलिततर्फ मनिष सुखेती, अल्पसंख्यकतर्फ वैशिल राज घले (राज) र समानुपातिक दलिततर्फ प्रकाश बहादुर विश्वकर्मा (विनायक) निर्विरोध भएका छन्।

समानुपातिक आदिवासी जनजातितर्फ दिलिप श्रेष्ठ, श्याम बहादुर तामाङ, सजिता गुरुङ र सोम ब. स्माली मगर तथा समानुपातिक खसआर्यतर्फ दीपेन्द्र धरेल निर्विरोध भएका छन्। यसरी प्रदेशसभा २ ‘ख’ बाट प्रदेश अधिवेशन प्रतिनिधिमा १२ जना निर्विरोध भएका हुन्।

प्रदेशसभा २ ‘क’ कार्यसमितिमा सात जना निर्विरोध

प्रदेशसभा २ ‘क’ कार्यसमितिको सदस्य महिलामा जानु विश्वकर्मा र शान्ता थापा, दलित सदस्यमा कुल बहादुर नेपाली तथा युवा सदस्यमा अनिल श्रेष्ठ निर्विरोध भएका छन्।

त्यस्तै समानुपातिक दलित सदस्यमा शर्मिला परियार तथा समानुपातिक खसआर्य सदस्यमा अर्जुन लम्साल र भवानी भट्टराई निर्विरोध भएका छन्। प्रदेशसभा २ ‘क’ कार्यसमितिमा कुल सात जना निर्विरोध भएका हुन्।

प्रदेशसभा २ ‘ख’ कार्यसमितिमा १३ जना निर्विरोध

प्रदेशसभा २ ‘ख’ कार्यसमितिमा भने पदाधिकारीदेखि सदस्यसम्म ठूलो संख्या निर्विरोध भएको छ। उपसभापतिमा क्रिसमान तामाङ, सचिवमा रामसिंह तामाङ, महिला सहसचिवमा सुनिता विश्वकर्मा र खुला सहसचिवमा मिन बहादुर तामाङ निर्विरोध भएका छन्। महिला सदस्यमा अम्बिका खत्री र रेणु नेपाल तथा दलित सदस्यमा राजु परियार निर्विरोध भएका छन्।

यस्तै समानुपातिक दलित सदस्यमा राज कुमार सेन्चुरी, समानुपातिक आदिवासी जनजाति सदस्यमा कर्सिङ गुरुङ, रिता श्रेष्ठ, रुबि गुरुङ र सन्तोष राना मगर तथा समानुपातिक खसआर्य सदस्यमा गणेश न्यौपाने निर्विरोध भएका छन्। यसरी प्रदेशसभा २ ‘ख’ कार्यसमितिमा १३ जना निर्विरोध भएका छन्।

अन्तिम नामावलीको समग्र हिसाब गर्दा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा १४, प्रदेश अधिवेशन प्रतिनिधि २ ‘क’ मा १४ र २ ‘ख’ मा १२ तथा प्रदेशसभा कार्यसमिति २ ‘क’ मा ७ र २ ‘ख’ मा १३ गरी कुल ६२ जना निर्विरोध भएका छन्। बाँकी पद र समूहमा भने प्रतिस्पर्धी उम्मेदवारी कायम छ।आज निर्वाचन प्रक्रियाबाट छनोट छनोट हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

  • बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

  • पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

  • वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

    वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

  • समाचार
    नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0