वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
धादिङबेशी,१३ असोज । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा नेता मनोज थापाले बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। उहाँ धादिङ जिल्ला क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बन्नुभएको हो। पार्टीलाई सुदृढ र गतिशीलता प्रदान गर्दै बागमती प्रदेशको समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको थापाले बताउनुभएको छ।
“तपाईंको अमूल्य मत, सुदृढ कांग्रेस र समृद्ध बागमतीको लागि” भन्ने मुख्य नारासहित उहाँले क्षेत्रका मतदाता तथा महाधिवेशन प्रतिनिधिहरूप्रति मत र समर्थनको अपिल गर्नुभएको छ। विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थापाको उम्मेदवारी घोषणासँगै धादिङ कांग्रेसमा चुनावी सरगर्मी बढेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |