नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
धादिङ, २८ कात्तिक : धादिङबेँसीमा आज आयोजित संयुक्त कार्यक्रममा लायन्स क्लब अफ धादिङ समाजलाई चार्टर (आधिकारिक मान्यतापत्र) हस्तान्तरण गर्नुका साथै पाँचवटै क्लबका पदाधिकारीको पदस्थापन गरिएको छ ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आईअन्तर्गत रिजन ५, जोन ९ को कार्यक्रममा नयाँ क्लबका सदस्यलाई डिस्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले शपथ ग्रहण गराउनुभयो । अन्य चार क्लबका पदाधिकारीलाई सेकेन्ड भाइस गभर्नर विष्णु भण्डारीले पदस्थापन गराउनुभएको हो ।
लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीको प्रायोजनमा स्थापना भएको धादिङ समाजको संस्थापक अध्यक्षमा डा दिनेश रेग्मी रहनुभएको छ । कार्यक्रममा काठमाडौँ सूर्यमुखी, धादिङ भैरवी, धादिङ हाइट, धादिङ मण्डली र धादिङ समाजका पदाधिकारी तथा सदस्य सहभागी थिए ।
कार्यक्रममा गभर्नर केसीले समुदायको आवश्यकता पहिचान गरेर सेवाका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । क्लबहरूबीचको सहकार्य बढाउँदै संस्थागत जिम्मेवारी पूरा गर्नुपर्ने र स्थानीय आवश्यकतालाई लायन्सका अन्तर्राष्ट्रिय तथा डिस्ट्रिक्टस्तरीय कार्यक्रमसँग जोड्नुपर्ने उहाँको भनाइ थियो ।
डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ कृष्ण बद्री पौडेलले क्लब गठनसँगै त्यसको निरन्तरता र सेवाका कार्यक्रमको प्रभावकारितामा ध्यान दिनुपर्ने बताउनुभयो । प्रत्येक सदस्य र पदाधिकारीको सक्रियताले मात्र संस्थालाई दिगो बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा विपद्पछिको राहत तथा मानवीय सहयोगमा स्थानीय क्लबहरूले पुर्याएको योगदानबारे पनि चर्चा गरिएको थियो । विपद्का बेला राहत र सहयोगमा खटिएका सदस्यलाई डिस्ट्रिक्ट नेतृत्वले धन्यवाद दिँदै आगामी दिनमा पनि सामूहिक रूपमा सेवाका काम अघि बढाउन आग्रह गरेको थियो ।
क्रीक रिसोर्टमा सम्पन्न कार्यक्रमको पहिलो सत्रको अध्यक्षता जोन चेयरपर्सन अधिकारी र दोस्रो सत्रको अध्यक्षता धादिङ भैरवीका अध्यक्ष प्रकाश सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी अनुजकुमार श्रेष्ठ, डिस्ट्रिक्ट कोअर्डिनेटर कविता इटनी,डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ कृष्ण बद्री पौडेल तथा रिजन चेयरपर्सन कृष्णप्रसाद ढकाललगायतको सहभागिता थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।