युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङ,१५ कार्तिक
धादिङको मलेखुस्थित फुर्केखोलामा अस्थायी पन्टुन पुल निर्माण तथा सञ्चालनका लागि जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको बैठक बसेको छ।बैठकमा नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना सहित जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो।बैठकले विभिन्न ४ वटा महत्वपुर्ण निर्णयहरु गरेको छ ।
फुर्केखोलमा निर्माण हुने पुलमा १३ वटै स्थानीय सरकारकाको सहमतिमा अन्तरपालिका कार्यविधि बनाएर खर्च व्यवस्थापन गर्ने निर्णय गरेको छ।यसैगरी राजापुर सिचाई व्यवस्थापन कार्यालय बर्दियाको मातहातमा रहेको पन्टुन ब्रिज स्थानिय तहको मातहातमा रहने गरी सन्चालगन गर्न सिचाई विभागको अनुमिन लिन विभाग सँग तत्काल समन्व गर्ने साथै राजापुरबाट पन्टुन ब्रिज ल्याउने कार्यको लागि आवश्यक समन्वय गर्न स्थानीय तहको प्रतिनिधित्व गर्ने गरी ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यसैगरी धादिङ जिल्ला पृथ्वी राजमार्ग अन्तरगत फुर्केखोलामा दिर्घकालिन समाधानको लागि पक्की पुल निर्माण गर्न संघ सरकार र प्रदेश सरकार सँग आवश्यक समन्वय गर्ने निर्णय गरीएको छ । पन्टुन पुल राजापुर सिँचाई व्यवास्थापन कार्यालयबाट स्थानीय तहलाई हस्तान्तरण पश्चात सडक निर्माण र आवश्यक व्यवस्थापनको लागि आवश्यक सरकारी निकायसँग समन्वय गर्ने साथै जिल्ला स्थित तिनै तहका जनप्रतिनिधि राजनैतिक दल कर्मचारी,नागरिक समाज लगायत सरोकारावालालाई आवश्यक समन्वय र सहजीकरण सहित सहयोग गर्न आग्रह गर्ने निर्णय गरीएको छ ।
फुर्केखोलामा अस्थायी पन्टुन पुल निर्माण भएपछि मलेखु क्षेत्र हुँदै धादिङबेसी आवतजावत गर्ने सर्वसाधारण तथा यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। पुल निर्माणले आवागमनमा हुने अवरोध कम गर्नुका साथै स्थानीय क्षेत्रको यातायात व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। फुर्केखोलामा पन्टुन पुल निर्माण तथा सञ्चालनमा आएमा धादिङबेसी आवतजावत गर्ने यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। हाल पुल नहुँना नागरिकहरुले ठुलो सास्ती खेप्नु परेको छ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।