युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर सोधपुछ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पार्टी मुख्यालयमा आज सम्पन्न सचिवालय बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेललले जानकारी दिनुभयो ।
“पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ वा पक्राउ गर्ने काम भयो, समाचार कक्षमा पुगे जे–जस्ता क्रियाकलाप भए, यो किन र कसरी भयो, कसले गर्र्यो, यो विषयमा छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन बैठकले सरकारलाई निर्देशन दिएको छ”, उहाँले भन्नुभयो । बैठकले त्यस्ता गतिविधि गर्नेमाथि हुने कारबाहीको सन्दर्भमा कुनै सम्झौता र ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
“राष्ट्रिय स्वतन्त्र पार्टी मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको सम्मान गर्दछ”, बैठकपछि प्रवक्ता खरेलले भन्नुभयो, “प्रेस स्वतन्त्रताको सन्दर्भमा रास्वपा कहिल्यै कोहीसँग पनि सम्झौता गर्दैन ।” बैठकले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न पनि सरकारलाई निर्देशन दिएको छ । “अबका दिनमा प्रेस स्वतन्त्रता हननका घटना अथवा पत्रकार धरपकटका घटना अथवा समाचार लेखेकै आधारमा समाचारकै विषयमा कुनै पनि सञ्चारमाध्यम, प्रकाशक अथवा प्रसारक अथवा सञ्चारकर्मी पत्रकारले यो खालको स्थिति भोग्नु हुँदैन भन्नेमा रास्वपा स्पष्ट छ”, प्रवक्ता खरेलले भन्नुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।