धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
धादिङ, ४ मङ्सिर । भोटेकोशी बाढीबाट प्रभावित धादिङका दुई विद्यालयका ४१३ विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा स्वच्छता सामग्री वितरण गरिएको छ । प्रयास नेपाल धादिङले चाइल्ड फन्ड जापानसँगको साझेदारीमा उक्त सामग्री उपलब्ध गराएको हो ।
प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालका अनुसार गल्छी गाउँपालिका–२ स्थित रक्तबच्छला आधारभूत विद्यालयका ९८ र सिद्धलेक गाउँपालिका–७ स्थित महाकाली माध्यमिक विद्यालयका ३१५ विद्यार्थीले सामग्री प्राप्त गरेका छन् ।
विद्यार्थीलाई झोला, कापी, कलम, पेन्सिल, न्यानो ज्याकेट, ऊनी टोपी, स्वच्छता सामग्री तथा जानकारीमूलक पुस्तिका वितरण गरिएको अर्यालले जानकारी दिनुभयो । ‘शिक्षामा पहुँच सुनिश्चितता परियोजना’ अन्तर्गत भोटेकोशी बाढी प्रारम्भिक पुनर्लाभ कार्यक्रममार्फत सहयोग गरिएको हो ।
दुवै विद्यालयका ३७ शिक्षकलाई पनि झोला, डायरी र कलम उपलब्ध गराइएको छ । तीमध्ये रक्तबच्छलाका १२ र महाकालीका २५ शिक्षक रहेका छन् । विद्यालयलाई आवश्यक शिक्षण–सिकाइ सामग्रीसमेत प्रदान गरिएको छ ।
बाढीप्रभावित बालबालिकाको पढाइलाई निरन्तरता दिन तथा उनीहरूको स्वास्थ्य, सरसफाइ र संरक्षणमा सहयोग पुर्याउन सामग्री वितरण गरिएको कार्यकारी निर्देशक अर्यालले बताउनुभयो । विपद्पछिको कठिन अवस्थामा बालबालिकालाई नियमित सिकाइमा जोडिराख्नु कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ छ ।
महाकाली माध्यमिक विद्यालयमा भएको वितरण कार्यक्रममा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल, वडाध्यक्ष सानु गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण गिरी र प्रधानाध्यापक लालबहादुर विकलगायत सहभागी हुनुहुन्थ्यो ।
रक्तबच्छला आधारभूत विद्यालयको कार्यक्रममा वडा सदस्य सुदीप मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन श्रेष्ठ र प्रधानाध्यापक टीकाबहादुर आचार्यलगायतको सहभागिता थियो । दुवै कार्यक्रममा प्रयास नेपालका सहसचिव कपिलदेव सापकोटा, चाइल्ड फन्ड जापानका स्पोन्सरसिप संयोजक श्रीकान्त लुइँटेल र परियोजना प्रबन्धक सन्तोष सत्याललगायत सहभागी हुनुहुन्थ्यो ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।