धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
धादिङ, ६ मङ्सिर : त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा रवीन्द्र सिवाकोटीले विश्वविद्यालयको विद्यमान पाठ्यक्रमको कम्तीमा ५० प्रतिशत हिस्सा परिमार्जन गरी स्थानीय आवश्यकता, सीप र रोजगारीसँग जोड्ने तयारी भइरहेको बताउनुभएको छ ।
नीलकण्ठ क्याम्पस धादिङको २७ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले समयानुकूल नभएका पाठ्यवस्तु हटाएर देशको आवश्यकता र श्रमबजारको माग सम्बोधन गर्ने विषय समेटिने जानकारी दिनुभयो । शिक्षालाई सीप, रोजगारी र आयआर्जनसँग जोड्ने विश्वविद्यालयको नीति रहेको उहाँको भनाइ थियो ।
रजिस्ट्रार सिवाकोटीले पुरानै विषय र कार्यक्रमका आधारमा मात्र शैक्षिक संस्था सञ्चालन गर्न कठिन हुने उल्लेख गर्दै समाज र बजारको मागअनुसार नयाँ कार्यक्रम आवश्यक रहेको बताउनुभयो । त्यस्ता कार्यक्रम सञ्चालन गर्न सक्ने वातावरण बनाउन विश्वविद्यालयले विषय तथा कार्यक्रम थपको व्यवस्था अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्याम्पसले आफ्नो प्राथमिकताका आधारमा दुईवटासम्म कार्यक्रम वा विषय छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । विषय थपको उद्देश्य विश्वविद्यालयको शैक्षिक सुधार र आवश्यकताअनुसारका कार्यक्रम विस्तार गर्नु रहेको उहाँले स्पष्ट पार्नुभयो ।
सो अवसरमा रजिस्ट्रार सिवाकोटीले भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित विद्यार्थीका लागि शुल्क छुटको निर्णय भएको जानकारी पनि दिनुभयो । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढीबाट प्रत्यक्ष प्रभावित विद्यार्थीलाई लक्षित गरी विश्वविद्यालयको कार्यकारी परिषद्ले उक्त निर्णय गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार विसं २०८३ देखि २०८७ सम्म विश्वविद्यालयका शैक्षिक कार्यक्रममा भर्ना हुने त्यस्ता विद्यार्थीका लागि परीक्षा तथा रजिस्ट्रेसन शुल्कबाहेकका शुल्क मिनाहा गर्ने निर्णय भएको छ । विश्वविद्यालयको सेवा प्रवाह सुधारअन्तर्गत ट्रान्सक्रिप्ट र स्थायी प्रमाणपत्र हुलाकमार्फत विद्यार्थीको घरसम्म पठाउने व्यवस्था गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । विद्यार्थीले प्रमाणपत्र आफैँ उपस्थित भएर लिने वा हुलाकबाट प्राप्त गर्ने विकल्प छनोट गर्न सक्ने उहाँको भनाइ थियो ।
रजिस्ट्रार सिवाकोटीले शैक्षिक संस्थालाई राजनीतिक हस्तक्षेपबाट टाढा राखेर शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन आग्रह गर्नुभयो । शिक्षा सुधारबाट व्यक्ति, समाज र समग्र देशको सुधार सम्भव हुने उल्लेख गर्दै उहाँले क्याम्पसको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।