कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङबेसीस्थित लाङ्घाली डेन्टल क्लिनिक र रिलायन्स फाइनान्स लिमिटेडबीच एक आपसमा व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार फाइनान्सका ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारले डेन्टल क्लिनिकमा विशेष छुट पाउने भएका छन्। सम्झौता बमोजिम रिलायन्स फाइनान्सका कर्मचारी, तिनका परिवार र बैंकका ग्राहकहरूले लाङ्घाली डेन्टल क्लिनिकमा उपचार गराउँदा कुल खर्चमा २० प्रतिशत छुट पाउनेछन्। यसैगरी, सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र १० वर्षमुनिका बालबालिकालाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यसका साथै क्लिनिकमा उपचारका लागि लाग्ने डाक्टर परामर्श शुल्क (कन्सल्टेशन फि) र २०० रुपैयाँ बराबरको ओपिडी (OPD) टिकट पूर्ण रूपमा निःशुल्क गरिएको रिलायन्स फाइनान्सका शाखा प्रमुख प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो। छुट प्राप्त गर्ने सर्त: यो विशेष सुविधा लिनका लागि ग्राहकहरूले रिलायन्स फाइनान्सको एटीएम (ATM) कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ। आगामी दुई वर्षका लागि गरिएको यस सम्झौता पत्रमा लाङ्घाली डेन्टल क्लिनिकका प्रबन्ध निर्देशक डा. रचना रेशमी गिदेल मगर र रिलायन्स फाइनान्सका शाखा प्रबन्धक प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।