वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,१३ असार
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत स्थानीय तहका स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न गर्दै उत्कृष्ट स्वास्थ्य संस्थालाई सम्मान गरेको छ। समीक्षा कार्यक्रम असार ११ र १२ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा आयोजना गरिएको हो।मूल्याङ्कनका आधारमा ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकी ९६ प्रतिशत अंकसहित प्रथम, थाक्रे गाउँपालिकाको महादेवबेसी स्वास्थ्य चौकी र बेनीघाट रोराङ गाउँपालिकाको जोगिमारा स्वास्थ्य चौकी समान ९३ प्रतिशत अंकसहित द्वितीय तथा नीलकण्ठ नगरपालिकाको मुरलीभञ्ज्याङ स्वास्थ्य चौकी ९२ प्रतिशत अंकसहित तृतीय भएका छन्।
उत्कृष्ट स्वास्थ्य चौकीलाई सम्मानपत्र तथा सबै स्थानीय तहलाई प्रशंसापत्र प्रदान गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्रतिस्पर्धात्मक अभ्यास आवश्यक रहेको बताउँदै उत्कृष्ट स्वास्थ्य संस्थाको अनुभवबाट अन्य संस्थाले पनि सिक्नुपर्ने धारणा राख्नुभयो। उहाँले स्वास्थ्य, शिक्षा र प्राविधिक क्षेत्रको सुधारले समग्र समाजको विकास सम्भव हुने उल्लेख गर्नुभयो।जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले सबै १३ स्थानीय तहको सक्रियताले एमएसएसको समग्र नतिजा अघिल्लो वर्षको तुलनामा सुधार भएको जानकारी दिनुभयो।
उहाँले आगामी वर्ष सबै स्वास्थ्य संस्थामा नियमित मूल्याङ्कन गरी सेवा गुणस्तर थप अभिवृद्धि गरिने बताउनुभयो।कार्यक्रममा ज्वालामुखी गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिता छत्कुली थापा र बेनीघाट रोराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश अर्यालले न्यून जनशक्ति, भौगोलिक चुनौती र सीमित पूर्वाधारका बाबजुद स्वास्थ्यकर्मीको मेहनतले सेवा प्रवाहमा उल्लेखनीय सुधार भएको अनुभव सुनाउँदै एमएसएसले स्थानीय सरकारलाई स्वास्थ्य व्यवस्थापन थप प्रभावकारी बनाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो।समीक्षामा स्वास्थ्य संस्थाको सेवा प्रवाह, व्यवस्थापन, अभिलेखीकरण, औषधि व्यवस्थापन, सरसफाइ तथा सुशासनलगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।