धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,९ असार
नीलकण्ठ नगरपालिकामा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा कार्यान्वयन सम्बन्धी’ दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ। विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई रैथाने तथा स्थानीय कृषि उपजमा आधारित पौष्टिक आहार उपलब्ध गराई उनीहरूको स्वास्थ्य र सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।सामाजिक विकास समितिका संयोजक मन्जु मगरको अध्यक्षतामा सूरु भएको अभिमुखीकरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, शिक्षा विकास तथा समन्वय ईकाका प्रमुख कृष्ण कुमार श्रेष्ठ, बरिष्ठ शिक्षा अधिकृत प्रकाश भट्ट, सहायक शिक्षा अधिकृत कृष्ण प्रसाद लम्साल , स्रोत व्यक्ति मेघनाथ कोईराला र कृषि शाखा प्रमुख समुन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

दुई दिनसम्म चल्ने यस विशेष तालिममा विद्यालय दिवाखाजा कार्यक्रमको अवधारणा, यसका नीतिगत प्रावधानहरू, स्थानीय उत्पादन आधारित दिवाखाजा प्रारुप २०८१ तथा कार्यान्वयन प्रबन्ध’, दिवाखाजाको राष्ट्रिय मापदण्ड र स्थानीय उत्पादनमा आधारित दिवाखाजा मेनु लगायतका विविध प्राविधिक तथा व्यावहारिक विषयहरूमा विस्तृत छलफल गरिने जनाइएको छ।अभिमुखीकको पहिलो दिन आज नीलकण्ठ नगरपालिकाका बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्टले विद्यालय दिवाखाजा कार्यक्रमको अवधारणा र यससँग सम्बन्धित नीतिगत प्रावधानहरूको बारेमा सहभागीहरूलाई स्पष्ट पार्दै सहजिकरण गर्नुभएको थियो।

उहाँले स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्नलाई विद्यालयको भान्सासम्म पु¥याउँदा बालबालिकाको स्वास्थ्य राम्रो हुने मात्र नभई स्थानीय किसानहरूको आर्थिक स्तरमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो।यसैगरी, कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बालबालिकाहरूमा देखिने विभिन्न मनोसामाजिक समस्याहरू, यसका लक्षणहरू र त्यस्ता समस्याहरूबाट बालबालिकालाई कसरी जोगाउने भन्ने विषयमा विशेष प्रस्तुति राख्दै सहजिकरण गर्नुभएको थियो।

विद्यालय उमेरका बालबालिकाको मानसिक स्वास्थ्य र पोषणको प्रत्यक्ष सम्बन्ध हुने भएकाले यो विषयलाई पनि कार्यक्रममा प्राथमिकताका साथ समेटिएको छ।उक्त अभिमुखीकरण तालिममा नीलकण्ठ नगरपालिका अन्तर्गतका ७६ वटा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको छ। विद्यालयस्तरमै योजना बनाई दिवाखाजा कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्न यो तालिम फलदायी हुने विश्वास लिइएको छ। अभिमुखीक भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |