वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
बिदामा रहेका अधिकारीलाई तत्काल कार्यालयमा उपस्थित हुन आग्रह
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अविरल वर्षा, बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विपद्को संवेदनशील अवधिभर कार्यालयमा अनिवार्य उपस्थित रहन निर्देशन दिएको छ।
मन्त्रालयको स्थानीय तह समन्वय शाखाले सोमबार पत्र जारी गर्दै विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित अधिकारीलाई कार्यालय नछाड्न आग्रह गरेको हो।
मन्त्रालयले हाल कुनै पनि प्रकारको बिदामा रहेका जिल्ला समन्वय अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृतलाई बिदा छोट्याएर यथाशीघ्र सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ। विपद्को समयमा आवश्यक समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय रहन पनि पत्रमा भनिएको छ।
विपद्सम्बन्धी सूचना सङ्कलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण तयार पार्ने र अन्य आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश सरकार तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्कमा रहनुपर्ने मन्त्रालयले जनाएको छ।
विशेष परिस्थितिमा कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिनुपर्ने र आफ्नो जिम्मेवारी निर्वाहका लागि उचित वैकल्पिक व्यवस्था गरेर मात्रै कार्यालय छाड्न निर्देशन दिइएको छ।
देशका विभिन्न स्थानमा निरन्तर वर्षाका कारण बाढी, पहिरोलगायत विपद्जन्य घटनाको जोखिम तथा प्रभाव बढेपछि मन्त्रालयले उक्त निर्देशन जारी गरेको हो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।