वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी,४ असार । नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि दिगो विकास, सुशासन, रोजगारी प्रवद्र्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरसभाको १९ औँ अधिवेशनमा नगरप्रमुख भीमप्रसाद ढुंगानाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, उत्पादन वृद्धि, उद्यमशीलता विकास तथा नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखिएको छ । नगरपालिकाले विगतका उपलब्धि, सिकाइ र अनुभवलाई आधार बनाएर आगामी वर्षका कार्यक्रम तय गरेको जनाएको छ ।
नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण, युवालाई उत्पादन र उद्यमसँग जोड्ने कार्यक्रम, स्थानीय उत्पादनको बजारीकरण तथा कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
पर्यटन क्षेत्रको विकासका लागि धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन, होमस्टे विकास तथा पर्यटकीय पूर्वाधार विस्तारका कार्यक्रम समावेश गरिएको छ । नगरपालिकाले वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।
नगरपालिकाका अनुसार सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउँदै सुशासन सुदृढ गरिनेछ । साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, जनजाति तथा विपन्न समुदायको सशक्तीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
नगरप्रमुख ढुंगानाले प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध, आत्मनिर्भर र दिगो नीलकण्ठ निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन् । आज सम्पन्न नगरसभाले नीति तथा कार्यक्रम सर्वसहमत रुपमा पास गरिएको थियो । नगरसभामा उप प्रमुख दिपक बिश्वकर्माले आगामी आर्थिक बर्ष २०८३।०८४ का लागी १ अरव २४ करोड अठासी हजार बजेट पेश गर्नु भएको छ । उहाँले आगामी आव २०८३।०८४ लागी चालु तर्फ ८७ करोड २७ लाख ५३ हजार र पुजीगत खर्च तर्फ ३६ करोड ७३ लाख ३५ हजार बजेट सभा समक्ष पेश गर्नु भएको हो ।
आगामी आर्थिक वर्षका लागी प्रस्तुत नीति तथा कार्यक्रमअनुसार वार्षिक बजेट तथा योजनाहरू कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।