Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

‘एमसीसी’ र ‘व्याख्यात्मक घोषणा’ को अनुमोदनलाई अमेरिका र चीनले ‘नोटेड’ गरे, कूटनीतिमा ‘नोटेड’को अर्थ के हो ?

११३४ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
‘एमसीसी’ र ‘व्याख्यात्मक घोषणा’ को अनुमोदनलाई अमेरिका र चीनले ‘नोटेड’ गरे, कूटनीतिमा ‘नोटेड’को अर्थ के हो ?

अमेरिकाले नेपालको संसदले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यसको ‘व्याख्यात्मक घोषणा’ अनुमोदन गरेको विषयलाई ‘नोटेड’ (जानकारीमा लिएको) गरेको जनाएको छ । 

अमेरिकी विदशमन्त्री एन्टोनी जे. ब्लिन्केनले मंगलबार राति प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी ‘नोटेड’ गरेको जानकारी दिएका हुन् । 

‘नेपालले गरेको एमसीसी अघि बढाउने निर्णय नोटेड गरेका छौं, जसले  विद्युत प्रसारण र सडक आयोजनामार्फत रोजगारी, पूर्वाधार र जनजीवनमा सुधार ल्याउने छ,’ अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भनेका थिए । 

१५ फागुनमा बसेकाे प्रतिनिधिसभा बैठकले एमसीसी सम्झौता र यसको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । एमसीसी र व्याख्यात्मक घोषणा अनुमोदन गरेको भोलिपल्ट १६ फागुनमा चीनले पनि ‘नोटेड’ गरेको प्रतिक्रिया दिएको थियो । चीनले नेपाललाई एमसीसी अनुमोदन नगर्न दबाब दिंदै आएको थियो । 

‘नेपालको संसदले गरेको निर्णय र व्याख्यात्मक घोषणालाई चीनले नोटेड गरेको छ,’ बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले भने, ‘कुनै पनि देशले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन, राजनीतिक स्वार्थ राख्न हुँदैन र जबर्जस्ती कूटनीतिमा संलग्न हुनुहुँदैन ।’ 

एमसीसी लिनैपर्छ भनेर दबाब दिने अमेरिका र एमसीसी नलेऊ भनेर दबाब दिने चीन दुवैले संसदबाट एमसीसी अनुमोदन गरेको घटनाको प्रतिक्रिया एउटै शब्द जनाए- नोटेड । दुवै देशले एमसीसी र व्याख्यात्मक घोषणाको अनुमोदनलाई ‘नोटेड’ गरेको उल्लेख गरेका छन् । 

कूटनीतिमा ‘नोटेड’ शब्दले के आशय व्यक्त गर्छ त ? पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वराजदूत भेषबहादुर थापाले न्युज कारखानाको जिज्ञासामा भने, ‘यसलाई सकारात्मक र नकारात्मक दुवै हिसाबबाट लिन सकिन्छ ।’ तर, अमेरिकाले ‘नोटेड’ भनेर कार्य एक कदम अघि बढेको संकेत दिएको बुझाई थापाको छ ।  

‘नोटेड भनेको एक कदम अगाडि हो । एमसीसीको विषयमा नेपालको प्रयासलाई नोट गर्‍याैं भन्ने हो,’ थापाले भने, ‘धेरै वादविवादपछि एमसीसी संसदले अनुमोदन गर्‍याे । त्यही प्रक्रियालाई अलिकति प्रोत्साहन गर्न ‘नोटेड’ भनेको हो ।’

कूटनीतिमा ‘नोटेड’ शब्दले नकारात्मक अर्थ बढी दिन्छ । कुनै कुरालाई स्वागत गर्न नसकिने भयो र असन्तुष्टिका साथ जानकारी भयो भन्ने सन्देश दिनुपर्दा प्रायः कूटनीतिमा ‘नोटेड’ शब्द प्रयोग गरिन्छ । 

नेपालले ३ असाेज २०७२ मा नेपालको संविधानसभाले नयाँ संविधान जारी गर्दा भारतले यसैगरी असन्तुष्टि जनाएको थियो । त्यसअघि संविधान जारी गर्ने मिति पछि सार्न र संविधानमा समेटिएका केही विषयवस्तु फेर्न भारतले नेपालमाथि दबाब दिंदै आएको थियो । 

भारतीय दबाबको बेवास्ता गर्दै नेपालले संविधान जारी गरेपछि भारतले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई ‘नोटेड’ गरेको जनाएको थियो । त्यसपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । 

‘अहिले एमसीसीका विषयमा अमेरिका नोटेडभन्दा बढी जान सक्ने ठाउँ भएन । एक किसिमले हेर्दा भएको गतिविधिलाई हामीले राम्रोसँग हेरेका छौं भन्ने अर्थ यसले दिन्छ,’ पूर्वपरराष्ट्रमन्त्री थापाले भने ।  विदेशमन्त्रीले नै टेलिफोन गरेर ‘नोट’ गरें भनेको कुरालाई प्रोत्साहनका रूपमा हेर्नुपर्ने उनको धारणा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

  • संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

    संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

  • नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु

    नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु

  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ

    बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0