नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ आश्विन २७, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
अर्थ
धादिङ

सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड

डिजिटल सेवासँगै गाउँगाउँमा वित्तीय साक्षरता
नीलकण्ठ एफ.एम
  • २०८३ आश्विन २७, मंगलबार
  • १ घण्टा अघि
  • १२ मिनेट पढाइ
  • १४५७ पटक पढिएको
सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड

धादिङबेशी,२७ असोज । सहकारीप्रति आमनागरिकको विश्वास र वित्तीय सुरक्षाबारे प्रश्न उठिरहेका बेला धादिङको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यको बचत सुरक्षा, प्रतिफल वितरण, उद्यमशीलता प्रवर्द्धन र प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ।

‘दिगो संस्था, समृद्ध सदस्य’ भन्ने मूल नारासहित अघि बढेको सहकारीले बचत सङ्कलन र ऋण प्रवाहमा मात्र सीमित नरही सदस्यको आर्थिक क्षमता विकास, स्वरोजगार सिर्जना र समुदायको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको हो।

धादिङबेँसीमा मुख्य कार्यालय रहेको संस्थाले २९औँ वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको विवरणअनुसार सहकारीको कुल सम्पत्ति रु ७३ करोड ६८ लाख ३० हजार २९० पुगेको छ। सात हजार ८९६ सदस्य आबद्ध संस्थाले आर्थिक वर्ष २०८२/८३ मा रु ९४ लाख ४२ हजार ४६८ खुद नाफा आर्जन गरेको जनाएको छ।

सहकारीको वित्तीय विवरणअनुसार शेयर पुँजी रु छ करोड ३५ लाख ५३ हजार ४०० पुगेको छ भने सदस्यहरूबाट रु ५८ करोड २७ लाख ३३ हजार ६२६ बचत सङ्कलन भएको छ। संस्थाले ६१२ ऋणीलाई रु ४३ करोड ३४ लाख ५२ हजार ७५१ ऋण लगानी गरेको छ। सहकारीमा एक हजार ९५० बाल बचतकर्तासमेत रहेका छन्।

बचत र ऋणको कारोबारसँगै सदस्यलाई प्रत्यक्ष आर्थिक लाभ

श्रोत परिचालन सहकारीले सदस्यलाई संस्थाको स्वामित्वमा मात्र नभई त्यसबाट प्राप्त हुने आर्थिक लाभमा समेत सहभागी गराउने नीति अघि सारेको छ। साधारणसभाले सदस्यलाई चार प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ।

त्यसैगरी, सदस्यहरूले बचतमा प्राप्त गरेको ब्याज रकमको २.५४ प्रतिशत र ऋणमा तिरेको ब्याज रकमको २.२३ प्रतिशत रकम संरक्षित पुँजी फिर्ताकोषमार्फत वितरण गर्ने निर्णय गरिएको छ।बचत गर्ने सदस्य र ऋण लिएर आर्थिक गतिविधिमा संलग्न सदस्य दुवैलाई संस्थाको कारोबारबाट सिर्जित लाभमा सहभागी गराउने यो व्यवस्था सहकारीको सदस्यकेन्द्रित अभ्यासका रूपमा अघि सारिएको छ।

संस्थाले बचतको सुरक्षा, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनलाई समेत प्राथमिकता दिएको जनाएको छ। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिकाअनुसार संस्थागत जोखिम मूल्याङ्कन तथा जोखिम व्यवस्थापनका कार्यक्रम अघि बढाइएको सहकारीले उल्लेख गरेको छ।

उद्यमशीलता विकासका लागि तीन लाखसम्म ऋणको योजना

संस्थाले सदस्यलाई बचतकर्ता र ऋणीका रूपमा मात्र नभई उद्यमीका रूपमा विकास गर्ने उद्देश्यले नयाँ कार्यक्रम अघि सारेको छ।

साधारणसभाबाट पारित कार्यक्रमअनुसार सामूहिक जमानीका आधारमा सदस्यहरूलाई विनाधितो रु तीन लाखसम्म ऋण उपलब्ध गराउने योजना छ। उक्त सुविधा सदस्यको नियमित मासिक बचतको पाँच गुणा वा रु तीन लाखमध्ये जुन रकम कम हुन्छ, सोही सीमाभित्र रहनेछ। यस कार्यक्रमले विशेषगरी सानो पुँजीबाट व्यवसाय सुरु गर्न चाहने सदस्यलाई वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने संस्थाको अपेक्षा छ।

सहकारीले स्थानीय उद्यमशीलताको सम्भाव्यता अध्ययन गरी कम्तीमा १० वटा व्यावसायिक योजना निःशुल्क तयार गरेर सदस्यलाई उपलब्ध गराउने कार्यक्रमसमेत अघि सारेको छ। यसका लागि संस्थाको व्यावसायिक विकास कक्ष (बिजनेस डेभलपमेन्ट डेस्क) परिचालन गरिनेछ।

सदस्यले उत्पादन गरेका वस्तुको बजार पहुँच विस्तार गर्न संस्थाको वेबसाइटमार्फत निःशुल्क ई–बजारीकरणको सुविधा दिने योजना पनि छ। उत्पादनसँगै बजारको पहुँच सुनिश्चित गर्ने प्रयासले सदस्यलाई आयआर्जनमुखी गतिविधिमा प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

डिजिटल सेवासँगै गाउँगाउँमा वित्तीय साक्षरता

सहकारीले सेवा प्रवाहलाई थप सहज, छिटो र प्रविधिमैत्री बनाउन डिजिटल प्रणाली विकास गर्ने भएको छ। निःशुल्क एपमार्फत सदस्यले आफ्ना व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाउने योजना अघि सारिएको छ।

त्यसैगरी, कार्यक्षेत्रका सबै वडामा स्वयंसेवक सदस्य प्रतिनिधि चयन गरी सदस्यसम्म सेवा विस्तार गर्ने कार्यक्रम छ। सहकारीले करिब एक हजार ५०० सदस्यलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको छ। प्रत्येक सेवा केन्द्रअन्तर्गत मासिक रूपमा सदस्यता विस्तारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनासमेत पारित भएको छ।

संस्थाले प्रत्येक शेयर सदस्यलाई औसत रु १० हजार बराबरको शेयर कायम गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि ल्याएको छ। वित्तीय कारोबारमा प्रविधिको प्रयोगसँगै बचत, ऋण, ब्याजदर, वित्तीय योजना र पारिवारिक आर्थिक व्यवस्थापनबारे सदस्यको ज्ञान अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई सहकारीले आफ्नो भावी कार्यक्रममा समेटेको छ।

सामाजिक उत्तरदायित्वमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता

आर्थिक कारोबारसँगै समुदायप्रतिको उत्तरदायित्वलाई पनि संस्थाले प्राथमिकतामा राखेको छ। कार्यक्षेत्रभित्र कम्तीमा दुईवटा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम साधारणसभाले पारित गरेको छ। संस्थाले शैक्षिक गतिविधिलाई समेत निरन्तरता दिने भएको छ। विद्यालयस्तरीय तहमा अध्ययनरत सदस्यका छोराछोरीलाई प्रोत्साहन गर्ने तथा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ।

नीलकण्ठ नगरपालिका–३ मा मुख्य कार्यालय रहेको सहकारीले त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र गल्छी गाउँपालिकाको गल्छीमा सदस्य सेवा केन्द्र सञ्चालन गर्दै आएको छ। संस्थाको कार्यक्षेत्र नीलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी, ज्वालामुखी, नेत्रावती डबजोङ, गल्छी, गजुरी तथा सिद्धलेकका तोकिएका वडासम्म फैलिएको छ।

नयाँ नेतृत्व चयन, साधारणसभाको औपचारिक समापन असोज २८ मा

संस्थाको २९औँ वार्षिक साधारणसभाअन्तर्गत पहिलो, दोस्रो र तेस्रो एकाइको सभा सम्पन्न भएका छन्। साधारणसभाले संस्थाको वार्षिक प्रगति, वित्तीय अवस्था र आगामी कार्ययोजनामाथि छलफल गर्दै विभिन्न कार्यक्रम पारित गरेको हो। सहकारीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियामा नौ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन भएका छन्।

निर्वाचन उपसमितिले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीमा आवश्यक पद सङ्ख्या र उम्मेदवार सङ्ख्या बराबर भएपछि निर्विरोध चयनको प्रक्रिया पूरा भएको हो। नवनिर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा तथा शपथ कार्यक्रम आगामी असोज २८ गते धादिङबेँसीमा आयोजना हुने अन्तिम एकाइ प्रतिनिधि भेलामा गरिनेछ।

बचतकर्ताको विश्वास, सदस्यको आर्थिक सशक्तीकरण र संस्थागत सुशासनलाई एकसाथ अघि बढाउने उद्देश्यले तय गरिएका योजनाको प्रभावकारी कार्यान्वयन आगामी दिनमा संस्थाको प्रमुख परीक्षा हुनेछ। सहकारीले अघि सारेका सदस्यकेन्द्रित कार्यक्रम व्यवहारमा उतार्न सके त्यसको प्रत्यक्ष लाभ स्थानीय बचतकर्ता, साना उद्यमी र समुदायले प्राप्त गर्ने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धित थप
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

८ मिनेट अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

२० मिनेट अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

३० मिनेट अघि
आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो मुख्य समाचार

आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

१२ घण्टा अघि
आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक मुख्य समाचार

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक

१२ घण्टा अघि
बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम मुख्य समाचार

बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम

१ दिन अघि
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै मुख्य समाचार

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

१ दिन अघि
बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन मुख्य समाचार

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

१ दिन अघि
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने मुख्य समाचार

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

२ दिन अघि
धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द मुख्य समाचार

धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

३ दिन अघि
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट मुख्य समाचार

पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

४ दिन अघि
धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया मुख्य समाचार

धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

५ दिन अघि
समाचार
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड

सदस्यको बचतलाई समृद्धिसँग जोड्दै श्रोत परिचालन सहकारी, ७३ करोडभन्दा बढीको सम्पत्तिसहित उद्यमशीलतामा जोड

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0