ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
बागमती प्रदेशमा कृषि तथा पशुपन्छी केन्द्र निर्माणका लागि अनुदान पाउने ज्वालामूखी एकमात्र पालिका
धादिङबेशी,२८ साउन । ज्वालामूखी गाउँपालिकाले कृषि तथा पशुपन्छी सेवा प्रवाहका लागि आवश्यक भवन निर्माण गर्न रु दुई करोड ७५ लाख अनुदान पाउने भएको छ। भारतीय राजदूतावासको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत उक्त रकम उपलब्ध गराइने भएको हो।
परियोजना कार्यान्वयनका लागि मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावास, सम्बन्धित सरकारी निकाय र स्थानीय तहबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। ज्वालामूखी गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष यमनाथ दनै र प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
अनुदान रकमबाट कृषि तथा पशुपन्छीसम्बन्धी सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने गाउँपालिकाले जनाएको छ। भवन बनेपछि किसानलाई कृषि तथा पशुपालनसम्बन्धी प्राविधिक परामर्श, सेवा तथा कार्यक्रम एकीकृत रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
कृषि र पशुपालन ज्वालामूखीका नागरिकको प्रमुख आयआर्जनका क्षेत्रमध्ये पर्दछन्। नयाँ पूर्वाधार तयार भएपछि किसानलाई उपलब्ध गराइने सेवा थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।
बागमती प्रदेशमा एचआईसीडीपीअन्तर्गत कृषि तथा पशुपन्छी केन्द्र निर्माणका लागि अनुदान प्राप्त गर्ने स्थानीय तहमध्ये ज्वालामूखी गाउँपालिका एकमात्र पालिका रहेको जनाइएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |