नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ,१७ चैत
धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्वर ४ मा ५ दिने उद्घोषण तालिम सुरु गरिएको छ। कृषि पर्यटन र पूर्वाधार समृद्ध गङ्गाजमुनाको मूल आधार भन्ने मर्मका साथ महिलाहरूलाई उद्यमशीलतासँग जोड्न उद्घोषण तालिम आयोजना गरिएको हो । गङ्गाजमुना गाउँपालिकाको उद्यम विकास शाखा र वडा नम्बर ४ को आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घोषण समारोहको सम्बोधन गर्दै गङ्गाजमुना गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार गुरुङले तालिममा सिकेको सीप व्यवहारमा लागू गर्न सके महिलाहरूमा परिवर्तन हुने बताउनुभयो । त्यस्तै कार्यक्रमका अध्यक्ष समेत रहेका गङ्गाजमुना वडा नम्बर ४ का वडाध्यक्ष प्रेम घलेले महिलाहरुको क्षमता अभिवृद्धि गरि आत्मनिर्भर बनाउन यो तालिम आयोजना गरिएको बताउनुभयो ।
गङ्गाजमुना गाउँपालिकाको उद्यम विकास शाखाका प्रमुख खला कुमारी ओलीले महिलाहरूलाई सिप सिकाएर आत्मनिर्भर बनाउनको लागि उद्घोषण तालिमको आयोजना गरिएको बताउनुभएको छ ।मङ्गलबारदेखि सुरु भएको पाँच दिने उद्घोषण तालिम शनिबारसम्म चल्नेछ । तालिमको सहजीकरण पत्रकारद्वय अर्जुन श्रेष्ठ र सन्तोषराज श्रेष्ठले गर्नुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |