वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङबेसी, २५ असार
धादिङबेसीमा लामो समयदेखि कपडा व्यवसाय सञ्चालन गर्दै आउनु भएकी कल्पना अधिकारीद्वारा सञ्चालित एन्डिला बुटिक कलेक्सनले शान्त बजारमा पसल सञ्चालनमा ल्याएको छ। नेपाल टेलिकम कार्यालय नजिक रहेको उक्त शाखाको उद्घाटन धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले रिबन काटेर गर्नुभएको हो।उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेयले स्थानीय स्तरमा गुणस्तरीय व्यवसायको विस्तारले रोजगारी सिर्जना गर्नुका साथै उपभोक्तालाई सहज र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय उद्यमीहरूको लगानी र व्यवसायिक उत्साहले जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने बताउनुभयो।

एन्डिला बुटिक कलेक्सनकी सञ्चालक कल्पना अधिकारीले व्यवसाय विस्तारसँगै ग्राहकलाई अझ आधुनिक, गुणस्तरीय र रुचिअनुसारका सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। महिला नेतृत्व, सामाजिक सक्रियता तथा साहित्यप्रतिको रुचिका कारण परिचित अधिकारी धादिङको अनुभवी तथा पुराना कपडा व्यवसायीमध्ये एक हुनुहुन्छ।

उहाँले ग्राहकको आवश्यकता र फेसनको मागलाई मध्यनजर गर्दै छिमेकी मुलुक भारतबाट अनुभवी मिस्त्री ल्याई विभिन्न डिजाइनका कपडा सिलाइ सेवा सञ्चालन गर्दै आउनुभएको छ। ग्राहकको चाहनाअनुसार विवाह, ब्रतबन्ध, पार्टी, सांस्कृतिक कार्यक्रम तथा दैनिक प्रयोगका पोशाकहरू आधुनिक शैलीमा तयार गर्ने सेवा एन्डिला बुटिक कलेक्सनको विशेषता रहेको सञ्चालक अधिकारीले बताउनुभयो।

नयाँ शाखा सञ्चालनसँगै रेडिमेड कपडाका साथै डिजाइनर पोशाक, महिलाका विभिन्न फेसन सामग्री तथा अर्डरअनुसार कपडा सिलाइ सेवा एउटै स्थानबाट उपलब्ध हुने जनाइएको छ। यसबाट धादिङ तथा आसपासका सेवाग्राहीलाई सहज, छिटो र गुणस्तरीय सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शुभेच्छुक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। सहभागीहरूले एन्डिला बुटिक कलेक्सनको पसल सञ्चालनले स्थानीय बजारमा प्रतिस्पर्धात्मक, गुणस्तरीय र ग्राहकमैत्री सेवा विस्तार हुने विश्वास व्यक्त गरेका थिए।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।