वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,७ साउन
स्थानीय नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खतिवडाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक भौतिक पूर्वाधार निर्माण तथा सेवा विस्तारमा विशेष जोड दिइरहेको बताउनुभयो।उहाँले नवनिर्मित भवन सञ्चालनमा आएपछि कुम्पुर क्षेत्रका नागरिकले सुरक्षित, व्यवस्थित र सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, भवन निर्माणसँगै स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक जनशक्ति, उपकरण तथा औषधिको व्यवस्थापनमा पनि गाउँपालिकाले ध्यान दिने बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यले स्वास्थ्य चौकीको भौतिक पूर्वाधार विकाससँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कर्मचारी र स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले स्वास्थ्य चौकीमा आउने सेवाग्राहीलाई सहज, सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। साथै, स्थानीय तहबाट उपलब्ध स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउँदै सामान्य स्वास्थ्य सेवाका लागि नागरिकले टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।वडा नं. ६ का वडा अध्यक्ष सुरेन्द्रकुमार मगरले नवनिर्मित भवनले वडावासीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने बताउनुभयो। उहाँले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न हुनु वडाका नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भवनको संरक्षण, सेवा प्रवाहको प्रभावकारिता तथा आवश्यक स्वास्थ्य सेवाको निरन्तरताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

उद्घाटन समारोहका अवसरमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुहुने स्थानीय समाजसेवी इन्द्रबहादुर घलेलाई सम्मान गरिएको थियो।वडा अध्यक्ष सुरेन्द्रकुमार मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष परशुराम खतिवडा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।