धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१४ फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन, राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसरको सदुपयोग गर्न अपिल गर्नुभएको छ। धादिङबेंसी सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सुशासन, राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसरबारे जोडदार अपिल गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “यो आवाज सुशासन माग्न संसद् अगाडि गएका विद्यार्थीहरूलाई टाउको र छातीमा ताकी ताकी गोली हान्नेको विरुद्धको आवाज हो।”उहाँले यसपटकको निर्वाचन सामान्य नभएको उल्लेख गर्दै इतिहासले दिएको पीडासँगै आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो। “हामीलाई दलबन्दा माथि उठ्ने, झण्डाभन्दा माथि उठ्ने र नेताभन्दा माथि उठ्ने अवसर आएको छ। यतिका वर्ष दल, झण्डा, नारा सबै थिए, तर यस्तो अवसर कहिल्यै थिएन,” उहाँले भन्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनसमर्थन बढ्दो रहेको दाबी गर्दै उहाँले सबै युवा, अधिकांश महिला, जेनेरेसन–जेड (जेन्जी), विभिन्न जातजाति तथा पेशाकर्मीहरू घण्टी चिन्हमा एकत्रित भएको बताउनुभयो। “सिङ्गो देश घण्टीमा अटाएको छ। पाँच वर्षको स्थायी सरकारका लागि इतिहास रच्ने गरी रास्वपालाई मतदान गर्न अनुरोध गर्न आएको छु,” उहाँले भन्नुभयो।
उहाँले मतपत्रमा आफ्नो नाम नदेखिए पनि घण्टी चुनाव चिन्ह खोजेर मतदान गर्न आग्रह गर्दै भन्नुभयो, “आफ्नो भविष्य सम्झेर यस पटक भोट हाल्नुहोला। यस पटक धादिङले इतिहास रच्ने छ।”
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |