धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेसी । धादिङबेशीमा जारी रहेको दशौँ धादिङ महोत्सव–२०८२ मा भोली माघ २० गते चर्चित तथा लोकप्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने भएको छ । महोत्सवलाई थप आकर्षक बनाउने उद्देश्यका साथ राष्ट्रियस्तरका कलाकारहरूलाई स्टेजमा उतार्न लागिएको आयोजकले जनाएको छ ।
भोलीको कार्यक्रममा अर्जुन सापकोटा, सम्झना भण्डारी, भावना अर्याल, चेतन राई, रमेश पाठक र यशोदा बिडारी लगायतका चर्चित कलाकारहरूको प्रस्तुति रहने छ । उनीहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास गरिएको छ ।
आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य जिल्लाको कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउनु रहेको छ । यही उद्देश्यअनुरूप सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ ।
नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेसी खुल्ला मञ्चमा सञ्चालन भइरहेको महोत्सवमा दैनिक हजारौँ दर्शकको उपस्थिति रहेको छ । भोली हुने कलाकारहरूको प्रस्तुतिका कारण दर्शकको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।
महोत्सव माघ २५ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले सबै दर्शक तथा सांगीतिक प्रेमीहरूलाई समयमै उपस्थित भई कलाकारहरूको प्रत्यक्ष प्रस्तुति अवलोकन गर्न आग्रह गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |