Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ८, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

२३४५ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १२, सोमबार (५ महिना अघि)
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट

धादिङबेशी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङ क्षेत्र नम्बर २ ले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र युवा परिचालनलाई आक्रामक ढंगले अघि बढाउने संकेत दिएको छ। निर्वाचन परिचालन समितिको विस्तारित बैठकले पालिकास्तरदेखि बुथ तहसम्म स्पष्ट कार्यविभाजनसहित ठोस निर्णयहरू गरेको हो।

बैठकले क्षेत्र नम्बर २ अन्तर्गतका सातै स्थानीय तहमा नेतृत्व तोक्दै चुनावी संरचना मजबुत बनाउने खाका सार्वजनिक गरेको छ। नीलकण्ठ नगरपालिकामा दिपक विक, शम्भु श्रेष्ठ र शिवनिधि खनाललाई जिम्मेवारी दिइएको छ भने ज्वालामुखीमा भानु दुवाडी र सुब्बा रम्तेल अघि सारिएका छन्। नेत्रावती डबजोङमा शंकर अधिकारी, उर्मिला तामाङ, प्रेम तामाङ र डम्बर अधिकारीको टोली सक्रिय रहनेछ।

त्यस्तै, त्रिपुरासुन्दरीमा कुमार र आशिष, गंगाजमुनामा नारायण कार्की, नमराज अधिकारी र रामेश्वर सिंखडा, खनियाबासमा प्रदिप तामाङ र सेक्केमान तामाङ तथा रुबी भ्यालीमा जिवान तामाङ र रामसिंह तामाङलाई जिम्मेवारी तोकिएको छ।

चुनावी संगठनलाई तल्लो तहसम्म लैजाने उद्देश्यसहित ६१ वटै वडामा वडा संयोजक तोक्ने र बुथ कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, जिल्ला स्तरीय युवा भेला र सातै स्थानीय तहमा पालिकास्तरीय युवा भेला सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रचार–प्रसार समितिको संयोजकमा दिपक विश्वकर्मा चयन भएका छन् भने सह–संयोजकको जिम्मेवारी नवराज छत्कुलीलाई दिइएको छ। सूचना तथा प्रविधि (आईएनटी) तर्फ अमृत तामाङ र उद्धव रिजाललाई जिम्मेवारी तोकिँदा डिजिटल अभियानलाई प्राथमिकता दिइएको संकेत देखिन्छ।

निर्वाचन परिचालन समितिका संयोजक जगत सिंखडाको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपाका वरिष्ठ नेता तथा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। बैठकमा गंगालाल तुलाधर, पुष्पविक्रम मल्ल, शालिकराम जम्कट्टेल, क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीसहित दिपा सिंखडा, मराज भण्डारी, गुरु बुर्लाकोटी लगायत केन्द्रीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले संगठन सुदृढीकरण, युवा परिचालन र पार्टीका एजेन्डा मतदातामाझ प्रभावकारी ढंगले पुर्‍याउने अभियानलाई अझ तीव्र बनाउने निर्णय गरेको जनाएको छ। चुनाव नजिकिँदै जाँदा धादिङ–२ मा नेकपाको गतिविधि थप सक्रिय बन्दै गएको स्पष्ट देखिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%६%२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • समाचार
    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0