नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,माघ ६
नीलकण्ठ नगरपालिकामा आजदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरुहुदै छ । नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन तथा व्यवस्थापन समितिको बैठक नगर प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेर प्रतियोगिताको कार्यतालिका, जिम्मेवारी बाँडफाँड तथा व्यवस्थापनसम्बन्धी निर्णय गरेको हो।
समितिको निर्णयअनुसार माघ ६ गते बिहान ८ बजेदेखि भलिबल, एथलेटिक्स र कबड्डी प्रतियोगिता सञ्चालन गरिनेछ। सोही दिन बिहान ११ बजे पुछार बजारबाट सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, व्यवस्थापन टोली तथा अतिथिहरूको सहभागितामा ¥याली आयोजना गरिने बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्टले जानकारी दिनुभयो। ¥यालीपछि निलकण्ठ नगरपालिकाको अगाडिको खेल मैदानमा साढे १२ बजे औपचारिक उद्घाटन कार्यक्रम हुने छ।
३ दिनसम्म चल्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निलकण्ठ नगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी २९ वटा माध्यमिक विद्यालय सहभागी हुनेछन्। प्रतियोगितामा प्रत्यक्ष रूपमा ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने अनुमान गरिएको भट्टले बताउनुभयो ।
नगर प्रमुख ढुंगानाको निर्देशनअनुसार टाढा दूरीका विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी ४५० रुपैयाँ र नजिकका विद्यालयका लागि ३५० रुपैयाँ खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको भट्टले बताउनुभयो । जुन अघिल्लो वर्षभन्दा बढी हो।
निलकण्ठ नगरपालिकाले विगत तीन वर्षदेखि लगातार जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड जित्दै आएको उल्लेख गर्दै यस वर्ष पनि ‘खेलमय विद्यालय, खेलमय पालिका र खेलमय स्थानीय शासन’को अवधारणालाई अघि बढाउने लक्ष्य लिएको जनाएको छ। नगरपालिकाले राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |