नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,पुस २६ गते ।
नीलकण्ठ नगरपालिका–१४ धुवाकोट रातमाटेमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सव तथा निवर्तमान प्रधानाध्यापक तोक जङ शाहको विदाइ कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको वार्षिक उत्सव तथा विदाइ कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिका, धादिङका नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गनुहुँर्दै नगर प्रमुख ढुङ्गानाले शिक्षा क्षेत्रको विकास बिना समग्र समाजको विकास सम्भव नहुने उल्लेख गर्दै गुणस्तरीय, व्यवहारिक तथा जीवनोपयोगी शिक्षामा स्थानीय तह पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति राकेश धमला, नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक कोइराला, महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता ईश्वर अधिकारी, नीलकण्ठ नगरपालिका प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष नमराज दुवाडीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयको शैक्षिक इतिहास, योगदान र उपलब्धिबारे चर्चा गर्दै निवर्तमान प्रधानाध्यापक तोक जङ शाहको कार्यकालको उच्च प्रशंसा गरिएको थियो। साथै उहाँको भावी जीवन तथा आगामी यात्राका लागि सफलताको कामना गरिएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |