नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ,१० पुस
धादिङमा क्षत्री महिला समाज गठन गरिएको छ।धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–३ मा क्षत्री महिलाहरूको हकहित संरक्षण, सशक्तिकरण तथा सामाजिक एकताको उद्देश्यसहित क्षत्री महिला समाज, धादिङ गठन गरिएको हो । भेलाबाट सर्वसम्मत रूपमा दुर्गा अधिकारी अध्यक्षमा चयन हुनु भएको छ। त्यसैगरी उपाध्यक्षमा साबित्रा कंडेल, सचिवमा बिनु सिंखडा, सह-सचिवमा सपना अधिकारी तथा कोषाध्यक्षमा निलम थापा भण्डारी चयन हुनु भएको छ।
यसैगरी सदस्य तर्फ सजना थापा,जमुना भण्डारी,नमिता थापा, निशा थापा अधिकारी, दुर्गा ढुङ्गाना,सानुमैया थापा,सावित्री भण्डारी,भिम कुमारी कुंबर,चिनिमैया थापा,र अम्बिका लामिछाने गरि १० जना सदस्यहरु चयन हुनुभएका छन् । यसैगरि बरिष्ठ सल्लाहकार रेखा पण्डित अधिकारीको सद्स्यताका चित्रकुमारी भण्डारी,भगबति अर्याल,अप्सरा पाण्डे र सीता कार्की गरि ५ जना सल्लाहकार समितिमा चयन हुनुभएका छन् । नव निर्वचित समितिका अध्यक्ष अधिकारीले भेलालाई सम्बोधन गर्दै क्षेत्री महिलाहरुको शसक्तिकरणको लागि विभिन्न तालीमहरुको आयोजना गरिने र समय समयमा क्षेत्री महिला समाजका हकहितका अभियानहरु सञ्चालन गरिने बताउनुभयो । साथै उहाँले नयाँ समिति अनि आफूले पाएको पदको जिम्मेवारीले उत्साहित हुनुका साथै समितिलाई सहि ढंगले अगाडी बढाउँदै लैजानको लागि चुनौती थपिएको महसुस भएको बताउनुभयो । कार्यक्रममा सहभागी सबैले क्षेत्री महिला समाजको उद्देश्य अनुरुप एकजुट भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |