वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङबेशी, ९ साउन। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशीका अवसरमा आज घर–घरका तुलसी मोठमा तुलसीको बिरुवा सारिँदै छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ।
ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसी मोठमा राखिएको दलको बिरुवा आज विधिपूर्वक मोठमा सार्ने गरिन्छ। सनातन वैदिक परम्परामा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने धार्मिक मान्यताका कारण यस दिनलाई हरिशयनी एकादशी भनिएको हो। यो चार महिनाको अवधिलाई चतुर्माससमेत भनिन्छ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका नारायण र विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ। व्रतालुले चामलबाट बनेका परिकार नखाई फलफूललगायतका परिकार खाने परम्परा छ।
एक वर्षमा २४ वटा एकादशी पर्ने धार्मिक मान्यता छ। सबै एकादशीमा व्रत बस्न नसक्नेले चतुर्मासका आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा व्रत बस्ने गर्छन्।
तुलसीलाई परम्परागत रूपमा विभिन्न घरेलु औषधिमा प्रयोग गरिँदै आएको छ। घरको आँगनमा तुलसीको मोठ राख्दा वातावरण स्वच्छ हुने धार्मिक तथा सांस्कृतिक विश्वाससमेत छ।
चार महिनासम्म पूजा गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विधिपूर्वक विवाह गराई चतुर्मास व्रत समापन गर्ने परम्परा छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।