धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,७ पुस
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी नहुने जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका आठ नम्बर व्यूरो सेक्रेटरी एवम् केन्द्रीय सदस्य श्यामकुमार केशी ‘दीपक’ ले संसदीय निर्वाचन बहिष्कार गर्नु पर्ने भन्दै बहिष्कार गर्न अनुरोध समेत गर्नुभएको हो ।जिल्ला समिति धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उहाँले निर्वाचनको औचित्य नरहेकोले सहभागी नहुने बताउनुभयो ।संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको संसदीय व्यवस्थाले निरन्तरता पाएसँगै देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था झनै विकराल बन्दै गएको उहाँले बताउनुभयो ।
पार्टीले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनले संसदीय व्यवस्थाको असफलता उजागर गरेको उहाँले दावी गर्नुभयो । ‘सरकार न त जेन जेड आन्दोलनको मर्मअनुसार रहेको न त संविधान र कानुनको मापदण्डअनुसार बनेको छ । यो ‘कठपुतली सरकार’ हो । उहाँले भन्नुभयो, ‘अहिलेको सरकार न जेन्जीको न त नेपाली जनताको सरकार हुन सकेको छ ।भ्रष्टाचार मौलाउँदै गएको, रोजगारीको अवस्था कमजोर भएको र त्यसकै कारण युवाहरूको पलायन बढ्दै गएको अवस्थामा निर्वाचन भन्दा स्वाधिन संयुक्त सरकार गठनको आवश्यकता हो ।’
पत्रकारहरुको जिज्ञासाहरुको सम्बोधन गर्दै उहाँले अहिलेको सरकार नै असंवैधानिक रहेको र निर्वाचनको पनि कुनै औचित्य नरहेकाले निर्वाचन वहिष्कार गरिएको बताउनुभयो ।
त्यस्तै, समाजवाद र विस्तारवादद्वारा निर्देशित संसदीय निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्दै स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गर्नु नै अहिलेको एकमात्र वैकल्पिक मार्ग भएको धादिङका इन्चार्ज अमृत अधिकारीले बताउनुभयो ।
‘निर्वाचन भन्दा पनि देशको विकास र निकाश पहिलो आवश्यकता हो । निर्वाचन बहिष्कार मात्र होइन, सडकमा उत्रिएर निर्वाचनको बहिष्कारसँगै विरोध पनि गर्नेछौं’ उहाँले भन्नुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |