साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग
धादिङ,२४ मंसिर
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थि चेपाङ समुदाय अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरीएको छ। धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा बुधबार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित कोस्राङ आघारभुत विद्यालयका ६२जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरीएको हो ।चेपाङ समुदायका विद्यार्थीहरु अध्ययनरत विद्यालयका विद्यार्थीलाई ट्याक सुट,स्विटर र टि–सर्ट वितरण गरिएको छ।

आज(बुधबार) विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई ट्याक सुट र टि–सर्ट वितरण गरिएको स्थानीय संयोजक तथा चुलीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिश्वर बुर्लाकोटीले जानकारी दिनुभयो।चेपाङ समुदायका बाहुल्यता रहेका उक्त विद्यालयमा अमेरीकामा रहेका धादिङ्ेलीहरुको सहयोगमा विद्यार्थीहरुलाई कपडा वितरण गरिएको हो ।

विदेशमा रहेका धादिङबासीले जिल्लाका न्युन आर्थिक अवस्था भएका विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले सो सामग्री वितरण गरिएको धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष टक बहादुर रुवालीले जानकारी दिनुभयो । महासचिव राम मल्ल ठकुरीको अनुसार जिल्लाका अन्य स्थानमा पनि न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको र यसअघि जिल्लाका अन्य स्थानमा पनि न्यानो कपडा वितरण गरीसकिएको बताउनुभयो ।

अमेरीकामा दैउसी भैलो लगायत रकम संकलन गरेर जिल्लाका आर्थिक अवस्था कमजोर भएका,बेनिघाटको चेपाङ बस्तीमा कपडा वितरण गरीएको हो । न्यानो कपडा वितरण गर्ने कार्यक्रममा समाजसेवी तथा चुलीदेवी माविका प्रधानाध्यापक ऋषिश्वर बुर्लाकोटी,अन्तराष्टिङ धादिङ समाजका कोषाध्यक्ष तथा पत्रकार रामकुमार थापा,समाजसेवी राजकुमार बिसुराल र विद्यालयका प्रधानाध्यापक नविन्द्र चेपाङको आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |