धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१० मंसिर
धादिङको खनियाबास गाउँपालिमा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । मंसिर २६ गते र २७ गते दार्खा स्थित खनियाबास ग्रामिण अस्पतालम शिविर हुने भएको हो । अन्तराष्ट्रिय धादिङ समाजको आयोजना र धादिङ समाज अमेरिकाको सहकार्यमा सन्चालन हुने शिविरको प्राविधिक सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले गर्ने छ । शिविरको स्थानीय सहयोगीहरुमा खनियावास गाउँपालिका र डिपिन रहेको छ । ग्रामीण बस्तीका नागरिकलाई घर नजिक विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो ।

शिविरमा जनरल फिजिसियन,महिला रोग विशेषज्ञ,डेण्डल र हार्ड जोर्नी विशेषज्ञ सेवा उपलब्ध हुनेछ ।शिविर मंसिर २६ गते बिहान ९ बजेदेखी ५ बजे सम्म र मंसिर २७ गते बिहान ९ बजेदेखी १ बजेसम्म सन्चालन हुनेछ ।स्वास्थ्य शिविरले धादिङको खनियाबास आसपासका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने र शिविरमा सहभागी भई सेवा लिन अन्तराष्ट्रिय धादिङ समाजका महासचिव बाबुकाजी भण्डारीले आग्रह गर्नुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |