धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेंसी, २ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर परिसरमा यस वर्षको बालाचतुर्दशी मेला आज लाग्दैछ । मेलाको तयारी अन्तिम सकिएको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभयो ।“मन्दिर परिसरमा रङरोगन, बत्ती व्यवस्थापन, बाटो सफाइ तथा भक्तजनको सुरक्षा व्यवस्थापनको काम सकिएको भण्डारीले बताउनुभयो ।
आज बेलुका ५ बजे औपचारिक उद्घघाटनपछि रातभर नाचगान तथा भजन–कीर्तन हुनेछ । मेलको नेपाल नरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगर प्रमुख भीमप्रसाद ढुंगानाले गर्नुहुने छ। नगरपालिकाको आर्थिक सहयोगमा मन्दिरको भौतिक संरचना निर्माण भईरहेको छ । आज राजभर जागाराम बसी भोलिपल्ट बिहान सतबिज छर्ने र फूलको डोली तार्ने परम्परागत विधि पालना गरिने समितिले जनाएको छ ।
मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दीपदान गरी रातभर जाग्राम बसेपछि बालाचतुर्दशीको बिहान सतबीज छर्ने चलन रहेको छ । धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सात थरी अन्न छर्दा दिवंगत आत्माको चिरशान्ति प्राप्त हुने जनविश्वास छ । एक गेडा सतबिज छर्दा एक गेडा सुन दान गरेको बराबर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ।फूलको डोली तार्ने चलन मेलाको मुख्य आकर्षण मानिन्छ । आफ्ना दिवंगत पितृको सम्झनामा डोली तार्ने भक्तजनको भीड प्रत्येक वर्ष उलेख्य हुने गरेको छ ।नीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले पशुपति मन्दिरलाई सदरमुकामको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएको बताउनुभयो । “
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |