तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,३० कार्तिक
संविधान र लोकतन्त्रको रक्षा तथा संसद पुनस्थापनाको लागि नेकपा एमाले धादिङले शनिबार धादिङबेसीमा जनप्रदर्शन गरेको छ । एमालेले देशभर जनप्रदर्शन गरिरहँदा एमालेले धादिङमा शक्ति प्रदर्शन गरेको हो ।प्रदर्शनपछि भएको जनसभालाई एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रिय सदस्य एवं् धादिङ जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी, जिल्ला अध्यक्ष भुमि प्रसाद त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटाले सम्बोधन गर्नुभयो ।
जनसभालाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले देशलाई सही बाटोमा हिँडाउन नेकपा एमाले मात्रै अहिलेको विकल्प रहेको दावी गर्नुभयो । असंवैधानिक तरिकाबाट गठन भएको सुशिला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिन्ने उहाँले जिकिर गर्नुभयो ।त्यस्तै केन्द्रिय सदस्य एवं धादिङ इन्चार्ज खेम प्रसाद लोहनीले संविधानको रक्षाको लागि एमाले जतिबेला पनि तयार रहेको बताउनुभयो । ‘टापटिपे आवाराहरुले देश चलाइरहेको छ । यो खराव अवस्थालाई परिवर्तन गरेर जनताको शासन व्यवस्थालाई अगाडि ल्याउन एमाले विद्रोहमा निस्किरहेको छ’, उहाँले भन्नुभयो ।
सजसभालाई सम्बोधन गर्नुहुँदै एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले संविधान संशोधन संसद र प्रतिनिधिसभाले मात्रै गर्न सक्ने भएकोले प्रतिनिधिसभालाई व्युझाउन आवश्यक रहेको बताउनुभयो । चुनावमा जान वैधानिक सरकार बनाउन पनि भङ्ग भएको प्रतिनिधिसभा पुनस्थापना गरेर चुनावको मिति तोक्नुपर्ने दावी गर्नुभयो ।जेलबाट भागेका अपराधिहरुको हातमा प्रहरीसँग लुटिएको गोलीगठ्ठाहरु फिर्ता गराएर अपराधिहरुलाई कारबाही गरी दलका नेता कार्यकर्ता जनता र मतदाता माझ जानसक्ने वातावरण सिर्जना गर्नुपर्ने एमाले धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीले बताउनुभयो । यो सरकारले आतंकलाई प्रसय दिएर दलहरुलाई वेवास्था गरिरहेको उहाँले जिकिर गर्नुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |