नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१९ कार्तिक
उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भएको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वृद्धवृद्धाहरूलाई लक्षित गरी चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको हो ।मंगलबार वडा नं. १ को वडा कार्यालय ताजिम्राङ्बाट भत्ता वितरणको सुरुवात गरिएको वडा नम्बर १ का वडा अध्यक्ष बहादुर तामाङले जानकारी दिनुभयो ।
मंगलबार वडा नम्बर १ मा २ सय ४२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो । सोही क्रममा कार्तिक १९ गते वडा नं. २, २० गते वडा नं. ३ र २१ गते वडा नं. ४ को वडा कार्यालयमार्फत क्रमशः भत्ता वितरण गरिने कार्यक्रम तय गरिएको बताउनुभयो ।त्यस्तै, अत्यन्त अशक्त र चल्न नसक्ने अवस्थाका वृद्धवृद्धाहरूलाई अवस्था हेरी स्थानीय एसबिआई बैंकका कर्मचारीहरूको सहयोगमा घरमै पुगेर सेवा प्रदान गरिने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
फोटोः पत्रकार नारायण सिलवाल

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |