Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष २९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

२३० पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २६, आईतबार (३ महिना अघि)
तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै

तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ । यसपटक तिहार आगामी कात्तिक २ गतेदेखि सुरु हुँदैछ । तर, तिहारमा आवश्यक पर्ने सामग्री पहिले नै किन्न उपभोक्ता बजारमा धाउन थालेका कारण चहलपहल बढेको व्यापारीहरू बताउँछन् । राजधानीका मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, लगनखेल, बानेश्वर, कोटेश्वर, थिमिलगायत स्थानमा तिहारको सामान किन्ने ग्राहकको चाप दिनप्रतिदिन बढ्दै जान थालेको छ । उपत्यका छाडेर बाहिर जानेहरू लगायतले अहिले माटोका पाला (दियो), झिलीमिली बत्ती, सप्तरङ्गी टीका, मखमली फूलका माला, लक्ष्मी पूजामा प्रयोग हुने सामग्री, भाइमसला, अमला, ढाकाटोपी, भाँडावर्तन र लुगा कपडा किनमेल गर्ने गरेको असनका व्यापारी भाइकाजी मर्हजनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले यहाँका बजारमा तिहारको किनमेल गर्नेका कारण रौनक बढ्दै गएको छ । तिहारका लागि समग्री किन्नेको दैनिक रूपमा चाप बढ्दै जान थालेपछि रौनक पनि बढ्दै गएको हो ।” यसैगरी तिहारलाई लक्षित गर्दै यहाँका सानाठूला पसल तथा सपिङ सेन्टरसम्मले विभिन्न अफर र छुटसहित सामान बिक्रीमा राखेका छन् । साँझको समयमा यहाँका सडकछेउ र फुटपाथमा पनि तिहारका सामान सजाइएको देख्न सकिन्छ । जहाँ ग्राहकको घुइँचो देख्न सकिन्छ । विशेषगरी साँझपख र बिदाका दिनमा बजारमा सामान किन्नेको निकै चहलपहल देखिने गरेको सुन्धारास्थित फुटपाथमा लुगा व्यापार गर्दै आउनुभएकी शान्ति भुजेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ लुगा किन्ने तथा झिलीमिली बत्ती र घर सजावटको सामान किन्नेहरू उल्लेख्य देखिने गरेका छन् । किनमेल गर्नेका कारण अहिले व्यापार पनि राम्रो चल्दै छ ।” भाइटीकाको दिनमा प्रयोग हुने भाइमसला प्याक, ढाकाटोपी, टीका सेट, मिठाई र ‘गिफ्ट आइटम’को माग बढ्दै गएको इन्द्रचोकका कपडा व्यापारी अमिरमान श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विशेषगरी महिला र बालबालिकाका लागि आकर्षक लुगा तथा शृङ्गार सामग्री र तिहारमा चाहिने ढाकाटोपी, टीका सेटलगायत मिठाई पनि बढी बिक्री हुने गरेको छ ।” चिसो बढ्न थालेपछि जाडोका कपडाको व्यापार बढ्न थालेको व्यापारीहरू बताउँछन् । अहिले यहाँका व्यापारीले जाडोलाई लक्षित गरेर सामान ल्याएर बिक्री गर्न थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

  • सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

  • धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

  • समाचार
    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    धादिङको फ्याक्सेमा माघे सङ्क्रान्तिमा गोरु जुधाई मेला तथा सांस्कृतिक महोत्सव हुदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0