तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ । जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा उत्पन्न विषम परिस्थिति प्रति नागरिक समाज धादिङले गहिरो चिन्ता प्रकट गरेको छ। आन्दोलनलाई सामान्य मागमा मात्र सीमित नभई संरचनात्मक परिवर्तनको गहिरो आवाजका रूपमा बुझ्दै यसलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सुदृढ बनाउँदै लैजानुको विकल्प नभएको नागरिक समाजले जनाएको छ।
सरकारी दमनपछि उत्पन्न परिस्थितिले सरकारी, सार्वजनिक र निजी भौतिक पूर्वाधारसँगै सामाजिक तथा संस्थागत संरचनामा ठूलो क्षति पुर्याएको भन्दै नागरिक समाजले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घाइतेहरूको निःशुल्क उपचार र मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकारलाई जोडदार माग गरेको छ।
वर्तमानमा मुलुक तरल अवस्थामा रहेको उल्लेख गर्दै नागरिक समाजले तत्काल संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवादमार्फत शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ। जेनजी पुस्ताले उठाएका संरचनात्मक सुधारका मुद्दालाई सम्बोधन गर्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियाबाट मुलुकलाई उन्नत लोकतन्त्रको दिशातर्फ अघि बढाउनुपर्नेमा समाजको विश्वास छ।
यसै क्रममा, नागरिक सर्वोच्चता, कानुनी शासन, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्न सबै पक्षले संयमता, संवेदनशीलता र दूरदर्शिता अपनाउँदै जिम्मेवार बन्नुपर्नेमा नागरिक समाज धादिङले जोड दिएको छ।
अपीलमा नेपाल पत्रकार महासंघ धादिङ, धादिङ बार एसोसिएशन, गैसस महासंघ धादिङ, नेपाल शिक्षक महासंघ, शितल छहारी नेपाल, दलित सेवा संघ धादिङ, मानव अधिकार संगठन धादिङ, पब्लीक क्याम्पस संघ लगायतका संस्थाका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |