नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, भदौ ६ गते ।
धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्यांकनमा देशकै उत्कृष्ट भएको छ । ९३.५० अङक् ल्याएर उत्कृष्ट भएको नगरपालिकालाई संघीय सरकाले सम्मान गरेको छ । शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानालाई सम्मान गर्नुभएको हो ।
विभिन्न एक सय वटा सुचकहरुमा भएको मुल्याङ्कनको आधारमा आ.व २०८०/८१ म नगरपालिकाहरु मध्येबाट धादिङको नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएको हो ।
आर्थिक पार्दशिता र जवाफादेहितालाई मुख्य प्राथमिकतामा राखेर नीलकण्ठ नगरपालिकाले काम गर्दै आएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो ।
त्यसैगरी गाउँपालिकातर्फ धादिङको बेनीघाट रोराङ गाउँपालिका ९१.७५ अङ्क ल्याएर पहिलो भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तीन वटा आयमहरुलाई आधार मानेर मुल्याङकन गरिएको थियो ।
स्वमूल्यांकनका लागि कार्यविधिले विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयलाई सुचक मानेर स्थानिय संस्थागत क्षमत स्वमुल्याङकन गर्ने गरिन्छ ।
मन्त्रालयले धादिङको नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका खैरहनी नगरपालिका चितवन र तिलोत्तमा नगरपालिका रुपन्देही, अर्जुनचौपारी गाउँपालिका स्याङजा, र रुरुक्षेत्रगाउँपालिका गुल्मीलाई सम्मान गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |