नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, असार २२ गते ।
नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला शाखा धादिङले विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय अगाडि विभिन्न मागहरू अघि सार्दै विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेको हो ।
उनीहरुले सुनमा लगाइएको २% विलासी कर र बहुमूल्य हिरामा १३% भ्याट खारेज गर्न माग गरेका छन्। संघले विरोध कार्यक्रमको क्रममा सरकारसँग सुनको भन्सार दर ६% कायम गर्न र सुनचाँदीको कारोबारलाई व्यवस्थित गर्न स्पष्ट नीति तथा नियमावली निर्माण गर्न माग गरेका छन्।
विरोध प्रर्दशन व्यवसायीहरूले प्लेकार्डसहित हाम्रो धर्ना जारी छ, हाम्रो माग पुरा गर, सुनमा बिलासी कर हटाऊ, जस्ता नारा लगाएका थिए ।
संघका पदाधिकारीहरूका अनुसार यस्ता कर तथा नीतिगत असमानताले व्यवसाय संचालनमा कठिनाइ भएकोले विरोधमा उत्रनु परेको हो। तत्काल माग सम्बोधन नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएका छन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |