प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ, असार २२ गते ।
नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला शाखा धादिङले विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय अगाडि विभिन्न मागहरू अघि सार्दै विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेको हो ।
उनीहरुले सुनमा लगाइएको २% विलासी कर र बहुमूल्य हिरामा १३% भ्याट खारेज गर्न माग गरेका छन्। संघले विरोध कार्यक्रमको क्रममा सरकारसँग सुनको भन्सार दर ६% कायम गर्न र सुनचाँदीको कारोबारलाई व्यवस्थित गर्न स्पष्ट नीति तथा नियमावली निर्माण गर्न माग गरेका छन्।
विरोध प्रर्दशन व्यवसायीहरूले प्लेकार्डसहित हाम्रो धर्ना जारी छ, हाम्रो माग पुरा गर, सुनमा बिलासी कर हटाऊ, जस्ता नारा लगाएका थिए ।
संघका पदाधिकारीहरूका अनुसार यस्ता कर तथा नीतिगत असमानताले व्यवसाय संचालनमा कठिनाइ भएकोले विरोधमा उत्रनु परेको हो। तत्काल माग सम्बोधन नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएका छन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |